२०८३ आश्विन २६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
किरण तिम्सिनाको नियुक्तिमाथि खुस्बु ओलीको प्रश्न : ‘आफैँ नियम बनाएर आफैँ परीक्षामा प्रथम ?’ | प्रतिभा रावलको प्राथमिकता: सहकारी, लालपुर्जा र निजामती सुधार | दूरसञ्चार सेवा कमजोर भएपछि सञ्चारमन्त्रीले मागे प्राधिकरणसँग जवाफ | बाढीपहिरोले मनाङको सडक ठप्प, औषधीदेखि खाद्यान्नसम्मको आपूर्ति रोकियो | पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा |

नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुर सिंह लामा तामाङविरुद्ध दर्ता गरिएको अविश्वासको प्रस्ताव बहुमतले पारित भएको छ। मंगलबार संसदीय दलको कार्यालयमा भएको बैठकमा ३७ सदस्य सहभागी हुँदा २२ जनाले प्रस्तावको पक्षमा र १५ जनाले विपक्षमा मतदान गरेका थिए।

बहुमतको आधारमा प्रस्ताव पारित भएपछि लामा संसदीय दलको नेताबाट पदमुक्त भएका छन्। लामाले २०७९ पुस १३ मा इन्द्र बानियाँलाई पराजित गर्दै दलको नेतामा निर्वाचित भएका थिए। त्यतिबेला उनले २१ मत प्राप्त गरेका थिए भने बानियाँले १६ मत पाएका थिए।

अविश्वास प्रस्तावबारे छलफलपछि गरिएको मतदानमा लामा पक्षधरले कार्यविधि निर्माण नभएको भन्दै आपत्ति जनाएका थिए। तर, प्रक्रियाअनुसार मतदान गरिने सहमति बनेपछि प्रस्तावमाथि मत विभाजन गरिएको थियो।

बानियाँ पक्षधर सांसदहरूद्वारा दर्ता गरिएको अविश्वास प्रस्तावमा छलफलका क्रममा पार्टी केन्द्रीय कार्यालयबाट पठाइएको पत्र र प्रस्ताव दर्ताको औपचारिक जानकारी पढेर सुनाइएको थियो। पार्टीले पर्यवेक्षकका रूपमा केन्द्रीय सदस्य राजन केसीलाई बैठकमा पठाएको थियो।

अब कांग्रेस बागमती संसदीय दलले नयाँ नेता चयनका लागि निर्वाचन प्रक्रिया सुरु गर्नेछ। कांग्रेस विधानअनुसार गोप्य मतदानबाट ५० प्रतिशतभन्दा बढी मत ल्याउने उम्मेदवार संसदीय दलको नेता चयन हुनेछ। यसका लागि दलले प्रदेश समिति मार्फत निर्वाचन समिति गठन गरी प्रक्रिया अगाडि बढाउने तयारी गरेको छ।

संसदीय दलको नेतृत्वमा आएको यस परिवर्तनले कांग्रेस बागमती प्रदेशको आन्तरिक शक्ति सन्तुलनमा नयाँ तरंग ल्याएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय