२०८२ मंसिर २८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवालीले गरे पार्टीभित्र चुनाव नलड्ने निर्णय | आमोदप्रसाद उपाध्यायको निधनप्रति शोक व्यक्त गर्न कांग्रेसको आकस्मिक केन्द्रीय समिति बैठक | नेपाली बजारमा सुनले तोड्यो कीर्तिमान मूल्य हालसम्मकै उच्च | एमाले केन्द्रीय कमिटी ३०१ सदस्यीय नै रहने निर्णय | सैन्य परिषद्का सदस्य रायद साद इजरायलको हवाई आक्रमणमा मारिए | पश्चिमी वायूको प्रभावले ५ डिग्रीमा झर्‍यो काठमाडौंको तापक्रम | रोहित पौडेलले एकै सिजनमा जिते उपाधि, कार र बाइक | बन्दसत्र स्थगित गर्दै एमालेले केन्द्रीय समिति बैठक डाक्यो विधान संशोधन मुख्य एजेन्डा | पहाडी भेगमा आंशिक बदली बाँकी क्षेत्रमा मौसम खुला रहने पूर्वानुमान | प्रतिनिधिसभा निर्वाचन हुन अब ८१ दिन मात्र बाँकी दलहरूको गतिविधि तीव्र |

माओवादी केन्द्रभित्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता जनार्दन शर्माबीचको खुला शक्ति संघर्षले पार्टीमा गहिरो तनाव पैदा गरिरहेको छ। शर्माले सार्वजनिक रूपमा प्रचण्डको नेतृत्वलाई चुनौती दिएपछि पार्टीभित्रको सत्ता सन्तुलनमा नयाँ तरंग देखिएको छ।

विगत लामो समयदेखि माओवादी केन्द्रमा एकलौटी शैलीमा नेतृत्व गर्दै आएका प्रचण्डलाई जनार्दन शर्माको खुला असहमति र बढ्दो समर्थनले असहज बनाएको छ। जनार्दनले अब चुप लागेर नबस्ने चेतावनी दिएपछि प्रचण्डले आफ्नो रणनीति फेरफार गर्दै नेकपा (एकीकृत समाजवादी) सँग पार्टी एकता गर्ने प्रयासलाई तीव्र बनाएका छन्।

विश्वस्त स्रोतअनुसार, प्रचण्डले पछिल्ला दिनमा नेकपा एस अध्यक्ष माधवकुमार नेपालसँग भेटघाट र संवाद बढाएका छन्। अख्तियारमा मुद्दा दर्ता भइसकेका नेपाल र पार्टीभित्रको अस्थिरतालाई आधार बनाई प्रचण्डले नेपाललाई पार्टी एकताको प्रस्ताव मात्र होइन, नेतृत्व सुम्पन पनि दबाब दिइरहेका छन्।

तर, नेकपा एसभित्र तत्काल एकताको सम्भावना न्यून देखिएको छ। एक नेताका अनुसार, “प्रचण्ड कमरेडले चाँडै एकता गरौं भन्नुभएको छ, तर अहिलेको अवस्थामा त्यो सम्भव देखिँदैन। माओवादीसँग अहिले एकता गर्दा हाम्रो ठूलो संगठन एमालेतिर धकेलिन सक्छ।”

यसअघि नेकपा एसका १० मध्ये ६ सांसद र १२५ भन्दा बढी केन्द्रीय सदस्यहरू पार्टी विभाजनको तयारीमा थिए भन्ने सन्दर्भ झिक्दै नेताहरूले एकताप्रति तत्काल सकारात्मक कदम चाल्न नसकिने संकेत दिएका छन्।

यसैबीच, प्रचण्डले बाबुराम भट्टराईबाट अलग भएको समूहलाई पुनः एकतामा ल्याइसकेका छन् भने महेन्द्र यादव नेतृत्वको समूहलाई पनि पार्टीमा समायोजन गर्ने तयारी गरेका छन्। केही समयअघि सरकारले ल्याउने तयारी गरेको अध्यादेशका सन्दर्भमा पनि प्रचण्ड–माधवबीच एकताको प्रयास भएको थियो। तर राष्ट्रपति रामचन्द्र पौडेलले अध्यादेशले एमालेलाई फाइदा पुग्ने भन्दै रोक लगाएपछि त्यो प्रयास असफल भएको थियो।

पार्टीभित्र बढ्दो असन्तोष र नेतृत्वको दोहोरो दावीले माओवादी केन्द्र आगामी दिनमा निर्णायक मोडतर्फ उन्मुख हुने संकेत देखिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय