२०८३ आश्विन २६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
किरण तिम्सिनाको नियुक्तिमाथि खुस्बु ओलीको प्रश्न : ‘आफैँ नियम बनाएर आफैँ परीक्षामा प्रथम ?’ | प्रतिभा रावलको प्राथमिकता: सहकारी, लालपुर्जा र निजामती सुधार | दूरसञ्चार सेवा कमजोर भएपछि सञ्चारमन्त्रीले मागे प्राधिकरणसँग जवाफ | बाढीपहिरोले मनाङको सडक ठप्प, औषधीदेखि खाद्यान्नसम्मको आपूर्ति रोकियो | पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा |

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले देशमा लोडसेडिङ नभएको स्पष्ट पारेका छन्। मंगलबार धनगढीमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री खड्काले गर्मीयाममा विद्युत् खपत अत्यधिक बढेकाले केही स्थानमा ट्रिपिङको समस्या देखिएको भए पनि यो लोडसेडिङ भने नभएको बताएका हुन्।

“हाल नेपाल विद्युत् प्राधिकरणले निर्यात समेत गरिरहेको अवस्थामा लोडसेडिङ भन्ने कुरा निराधार हो,” मन्त्री खड्काले भने, “गर्मीका समयमा लोड बढी भएपछि ट्रान्सफर्मरमा दबाब आउँछ, कहिलेकाहीँ ट्रिपिङ हुन्छ, तर यसलाई लोडसेडिङ भन्न मिल्दैन।”

उनले वर्षायाममा चट्याङ, पानी तथा हावाहुरीका कारण धेरै ठाउँमा ट्रान्सफर्मर जल्ने, लाइन बिग्रिनेजस्ता प्राविधिक समस्या हुने भएकाले मर्मत गर्न केही समय लाग्न सक्ने बताए। “मर्मतको प्रक्रिया बीचमा केही घण्टाको विद्युत् अवरोध भए पनि यसलाई लोडसेडिङको रूपमा अफवाह फैलाउने काम भइरहेको छ,” उनले स्पष्ट पारे।

मन्त्री खड्काले वर्तमान सरकार विद्युत् सेवा विस्तार र प्रणाली सुधारमा जुटिरहेको उल्लेख गर्दै जनता बीच अनावश्यक डर नफैलाउन आग्रह गरे।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय