२०८२ मंसिर २८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवालीले गरे पार्टीभित्र चुनाव नलड्ने निर्णय | आमोदप्रसाद उपाध्यायको निधनप्रति शोक व्यक्त गर्न कांग्रेसको आकस्मिक केन्द्रीय समिति बैठक | नेपाली बजारमा सुनले तोड्यो कीर्तिमान मूल्य हालसम्मकै उच्च | एमाले केन्द्रीय कमिटी ३०१ सदस्यीय नै रहने निर्णय | सैन्य परिषद्का सदस्य रायद साद इजरायलको हवाई आक्रमणमा मारिए | पश्चिमी वायूको प्रभावले ५ डिग्रीमा झर्‍यो काठमाडौंको तापक्रम | रोहित पौडेलले एकै सिजनमा जिते उपाधि, कार र बाइक | बन्दसत्र स्थगित गर्दै एमालेले केन्द्रीय समिति बैठक डाक्यो विधान संशोधन मुख्य एजेन्डा | पहाडी भेगमा आंशिक बदली बाँकी क्षेत्रमा मौसम खुला रहने पूर्वानुमान | प्रतिनिधिसभा निर्वाचन हुन अब ८१ दिन मात्र बाँकी दलहरूको गतिविधि तीव्र |

नेकपा माओवादी केन्द्रले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपमहासचिव जनार्दन शर्माबीच चुलिएको अन्तरसंघर्षबारे स्थायी कमिटी बैठकमा छलफल गर्ने भएको छ।

पार्टी पदाधिकारीहरूको आज बसेको बैठकले स्थायी कमिटी बैठक शुक्रबारदेखि सुरु गर्ने र त्यही बैठकमा संगठन निर्माण, कार्यविभाजन र आन्तरिक एकता सुदृढीकरणका विषयमा छलफल गर्ने निर्णय गरेको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए।

उनले भने, “आन्तरिक एकतालाई मजबुत बनाउनेबारे हरेक बैठकमा एजेन्डा हुन्छन्। जनार्दनजीको बारेमा आजको बैठकमा चर्चा भएको छैन। आजको बैठक संक्षिप्त भयो।”

यद्यपि, एक पदाधिकारीका अनुसार प्रचण्ड–जनार्दनबीचको अन्तरसंघर्षबारे स्थायी कमिटीमा छलफल हुने लगभग पक्का भएको छ। उनले भने, “आज एजेन्डा तय गर्न मात्रै बैठक बसेको थियो। ठोस छलफल भएन। तर यो विषय स्थायी कमिटीको बैठकमा प्रवेश गर्नेछ। त्यहाँ निष्कर्षमा पुग्ने प्रयास हुनेछ।”

पछिल्लो समय अध्यक्ष प्रचण्ड र उपमहासचिव शर्माबीच असमझदारी सार्वजनिक रुपमा देखिन थालेको छ। प्रचण्डले पार्टीभित्रको व्यवस्थापनमा सिँगौरी खेल्न दिएको भनेर जनार्दनतर्फ संकेत गरेका छन्। अर्कोतर्फ, शर्माले पार्टी फुट्ने आशंका प्रचारमा रहेको भन्दै विशेष महाधिवेशन बोलाउनुपर्ने प्रस्ताव राखेका छन्।

स्थायी कमिटी बैठकलगत्तै माओवादीले पुनः पदाधिकारी बैठक पनि बोलाउने तयारी गरेको छ। पार्टीभित्र नेतृत्वको शैली, निर्णय प्रक्रिया र सांगठनिक अनुशासनका विषयमा बढ्दो असन्तुष्टि देखिएको छ।

पार्टी स्रोतका अनुसार, स्थायी कमिटी बैठक पार्टीभित्रको असन्तुलन मिलाउने प्रयासका रूपमा प्रयोग गरिनेछ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय