२०८३ जेष्ठ २८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
समस्याग्रस्त दुई सहकारीका १३२ जना ऋणीको नाम सार्वजनिक | यो कम्युनिस्ट पार्टीको होइन, रास्वपाको बजेट हो : अर्थमन्त्री वाग्ले | कोशी सभापतिमा पराजित भएपछि सरिन तामाङको घोषणा– ‘आजबाट राजनीतिक बिट मारें’ | कैँची प्रहार गरी वृद्धलाई घाइते बनाउने व्यक्ति पक्राउ | माइतीघर पुगे गृहमन्त्री गुरुङ, पीडितलाई दिए माग सम्बोधनको आश्वासन | फास्ट ट्र्याकको गाडी दुर्घटना हुँदा इञ्जिनियर र चालकको मृत्यु | हिन्दुकुश क्षेत्रमा कम वर्षाको अनुमान, विपद्को जोखिम भने कायमै | काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने आज अन्तिम दिन | प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’सँग सम्बन्धित हो : परराष्ट्रमन्त्री खनाल | सम्पत्ति विवरण बुझाउने समय एक महिना थप |

नेकपा माओवादी केन्द्रले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपमहासचिव जनार्दन शर्माबीच चुलिएको अन्तरसंघर्षबारे स्थायी कमिटी बैठकमा छलफल गर्ने भएको छ।

पार्टी पदाधिकारीहरूको आज बसेको बैठकले स्थायी कमिटी बैठक शुक्रबारदेखि सुरु गर्ने र त्यही बैठकमा संगठन निर्माण, कार्यविभाजन र आन्तरिक एकता सुदृढीकरणका विषयमा छलफल गर्ने निर्णय गरेको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए।

उनले भने, “आन्तरिक एकतालाई मजबुत बनाउनेबारे हरेक बैठकमा एजेन्डा हुन्छन्। जनार्दनजीको बारेमा आजको बैठकमा चर्चा भएको छैन। आजको बैठक संक्षिप्त भयो।”

यद्यपि, एक पदाधिकारीका अनुसार प्रचण्ड–जनार्दनबीचको अन्तरसंघर्षबारे स्थायी कमिटीमा छलफल हुने लगभग पक्का भएको छ। उनले भने, “आज एजेन्डा तय गर्न मात्रै बैठक बसेको थियो। ठोस छलफल भएन। तर यो विषय स्थायी कमिटीको बैठकमा प्रवेश गर्नेछ। त्यहाँ निष्कर्षमा पुग्ने प्रयास हुनेछ।”

पछिल्लो समय अध्यक्ष प्रचण्ड र उपमहासचिव शर्माबीच असमझदारी सार्वजनिक रुपमा देखिन थालेको छ। प्रचण्डले पार्टीभित्रको व्यवस्थापनमा सिँगौरी खेल्न दिएको भनेर जनार्दनतर्फ संकेत गरेका छन्। अर्कोतर्फ, शर्माले पार्टी फुट्ने आशंका प्रचारमा रहेको भन्दै विशेष महाधिवेशन बोलाउनुपर्ने प्रस्ताव राखेका छन्।

स्थायी कमिटी बैठकलगत्तै माओवादीले पुनः पदाधिकारी बैठक पनि बोलाउने तयारी गरेको छ। पार्टीभित्र नेतृत्वको शैली, निर्णय प्रक्रिया र सांगठनिक अनुशासनका विषयमा बढ्दो असन्तुष्टि देखिएको छ।

पार्टी स्रोतका अनुसार, स्थायी कमिटी बैठक पार्टीभित्रको असन्तुलन मिलाउने प्रयासका रूपमा प्रयोग गरिनेछ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय