२०८३ जेष्ठ २८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
समस्याग्रस्त दुई सहकारीका १३२ जना ऋणीको नाम सार्वजनिक | यो कम्युनिस्ट पार्टीको होइन, रास्वपाको बजेट हो : अर्थमन्त्री वाग्ले | कोशी सभापतिमा पराजित भएपछि सरिन तामाङको घोषणा– ‘आजबाट राजनीतिक बिट मारें’ | कैँची प्रहार गरी वृद्धलाई घाइते बनाउने व्यक्ति पक्राउ | माइतीघर पुगे गृहमन्त्री गुरुङ, पीडितलाई दिए माग सम्बोधनको आश्वासन | फास्ट ट्र्याकको गाडी दुर्घटना हुँदा इञ्जिनियर र चालकको मृत्यु | हिन्दुकुश क्षेत्रमा कम वर्षाको अनुमान, विपद्को जोखिम भने कायमै | काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने आज अन्तिम दिन | प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’सँग सम्बन्धित हो : परराष्ट्रमन्त्री खनाल | सम्पत्ति विवरण बुझाउने समय एक महिना थप |

जल तथा मौसम पूर्वानुमान महाशाखाले देशभर मनसुनी वायुको सक्रियता कायम रहेको जनाउँदै बाढी, भूक्षय तथा डुबानको जोखिमबारे सतर्क रहन आग्रह गरेको छ।

महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा औसत स्थानको आसपासमै रहेकाले अहिले देशभर मनसुनको प्रभाव देखिएको छ।

बिहीबार दिउँसो लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भेगमा सामान्यदेखि आंशिक बदली हुने छ। ती क्षेत्रका पहाडी भाग र लुम्बिनीका तराई क्षेत्रमा एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राति कोशी, मधेश र सुदूरपश्चिम प्रदेशका साथै अन्य पहाडी भेगमा सामान्य बदली रहनेछ भने तराईमा आंशिक बदली रहने बताइएको छ। यी क्षेत्रमा पनि एकदुई स्थानमा मेघगर्जन, चट्याङसहित वर्षाको सम्भावना छ।

महाशाखाले सम्भावित वर्षाका कारण भूक्षय, बाढी, गेग्रान बहाव र डुबानको जोखिम बढ्ने चेतावनी दिएको छ। सहरी तथा तराई भूभागमा डुबान हुनसक्ने, खोलानालाको सतह बढ्न सक्ने भएकाले सतर्क रहन अनुरोध गरिएको हो।

साथै, भारी वर्षाका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, निर्माण कार्य तथा सडक र हवाई यातायातमा प्रतिकूल असर पर्नसक्ने भन्दै पूर्वतयारी गर्न सर्वसाधारण र सम्बन्धित निकायलाई आग्रह गरिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय