
प्रधानमन्त्री निवास बालुवाटारमा आज सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरुबीच महत्वपूर्ण छलफल सुरु भएको छ।
यो छलफलमा पछिल्ला राजनीतिक घटनाक्रम, सरकारमा हुने मन्त्री हेरफेर र बागमती प्रदेश सरकारमा देखिएको विवाद लगायतका विषयमा विचारविमर्श हुने बताइएको छ।
छलफलमा नेकपा एमालेबाट प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल सहभागी छन्। नेपाली कांग्रेसबाट सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का र गृहमन्त्री रमेश लेखकले भाग लिएका छन्।
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।