२०८३ आश्विन २५ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
किरण तिम्सिनाको नियुक्तिमाथि खुस्बु ओलीको प्रश्न : ‘आफैँ नियम बनाएर आफैँ परीक्षामा प्रथम ?’ | प्रतिभा रावलको प्राथमिकता: सहकारी, लालपुर्जा र निजामती सुधार | दूरसञ्चार सेवा कमजोर भएपछि सञ्चारमन्त्रीले मागे प्राधिकरणसँग जवाफ | बाढीपहिरोले मनाङको सडक ठप्प, औषधीदेखि खाद्यान्नसम्मको आपूर्ति रोकियो | पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा |

मौसम पूर्वानुमान महाशाखाले आज शुक्रबार (साउन १६) देशभर साधारणतया बदली रहने र धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ।

महाशाखाले बिहान ६ बजे सार्वजनिक गरेको २४ घण्टे मौसम बुलेटिनअनुसार दिउँसो कोसी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका धेरै स्थान तथा तराईका थोरै स्थानहरूमा मेघगर्जनसहित मध्यम वर्षा हुनसक्नेछ।

त्यस्तै रातिको समयमा पनि देशभर आकाश बदली रहनेछ। कोसी, मधेस, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका धेरै स्थान र बाँकी तराई क्षेत्रका केही ठाउँमा मेघगर्जनसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

बागमती प्रदेशको पहाडी क्षेत्रमा भने एक-दुई स्थानमा भारी वर्षा हुने सम्भावना समेत रहेको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार दिउँसोको अवधि बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म र रातिको अवधि साँझ ६ बजेदेखि भोलिपल्ट बिहान ६ बजेसम्मलाई जनाइएको हो।

वर्षाको मापनका आधारमा १० मिलिमिटरभन्दा कमलाई हल्का, १० देखि ५० मिलिमिटरसम्मलाई मध्यम, ५० देखि १०० मिलिमिटरसम्मलाई भारी, १०० देखि २०० मिलिमिटरसम्मलाई धेरै भारी र २०० मिलिमिटरभन्दा माथिलाई अति भारी वर्षा मानिन्छ।

यस्तै, ‘एक–दुई स्थानमा वर्षा’ भन्नाले सम्बन्धित प्रदेशका जम्मा १० प्रतिशतभन्दा कम भू–भागमा वर्षाको सम्भावना जनाइएको हो। यस्तै १०–३० प्रतिशतमा वर्षाको सम्भावना भए ‘थोरै स्थान’, ३०–५० प्रतिशतमा ‘केही स्थान’, ५०–८० प्रतिशतमा ‘धेरै स्थान’ र ८० प्रतिशतभन्दा बढी क्षेत्र ओगट्ने सम्भावना देखिएमा ‘अधिकांश स्थान’मा वर्षा हुने भनिन्छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय