२०८२ मंसिर २९ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवालीले गरे पार्टीभित्र चुनाव नलड्ने निर्णय | आमोदप्रसाद उपाध्यायको निधनप्रति शोक व्यक्त गर्न कांग्रेसको आकस्मिक केन्द्रीय समिति बैठक | नेपाली बजारमा सुनले तोड्यो कीर्तिमान मूल्य हालसम्मकै उच्च | एमाले केन्द्रीय कमिटी ३०१ सदस्यीय नै रहने निर्णय | सैन्य परिषद्का सदस्य रायद साद इजरायलको हवाई आक्रमणमा मारिए | पश्चिमी वायूको प्रभावले ५ डिग्रीमा झर्‍यो काठमाडौंको तापक्रम | रोहित पौडेलले एकै सिजनमा जिते उपाधि, कार र बाइक | बन्दसत्र स्थगित गर्दै एमालेले केन्द्रीय समिति बैठक डाक्यो विधान संशोधन मुख्य एजेन्डा | पहाडी भेगमा आंशिक बदली बाँकी क्षेत्रमा मौसम खुला रहने पूर्वानुमान | प्रतिनिधिसभा निर्वाचन हुन अब ८१ दिन मात्र बाँकी दलहरूको गतिविधि तीव्र |

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतबाट अमेरिका जाने सामानहरूमा २५ प्रतिशत आयात कर लगाउने घोषणा गरेपछि भारत सरकारले अमेरिकाबाट एफ-३५ स्टिल्थ लडाकु विमान नकिन्ने निर्णय गरेको छ।

अमेरिकी सञ्चार संस्था ब्लुमबर्गले भारत सरकारका स्रोतहरूलाई उद्धृत गर्दै दिएको जानकारी अनुसार भारतले निकट भविष्यमा एफ-३५ मात्र होइन, कुनै पनि ठूला रक्षा सम्झौता अमेरिकासँग नगर्ने भएको हो।

नाम नखुलाउने शर्तमा भारतीय अधिकारीहरूले भने, “भारत अब संयुक्त हतियार विकास, प्रविधि हस्तान्तरण, स्वदेशमै उत्पादन र आत्मनिर्भरता आधारित रक्षा रणनीतिलाई प्राथमिकता दिन्छ।”

एफ-३५ खरिदसम्बन्धी कुरा यस वर्ष फेब्रुअरीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति ट्रम्पबीचको वार्तामा उठेको थियो। ट्रम्पले मिडियासामू भारतलाई एफ-३५ बेच्ने प्रस्ताव सार्वजनिकरूपमै राखेका थिए। तर भारतले औपचारिक रूपमा कहिल्यै सहमति जनाएको थिएन।

दुई देशबीचको व्यापार पाँच वर्षभित्र ५०० अर्ब डलर पुर्‍याउने योजना अनुसार भारतले हालै अमेरिकाबाट एमएच-६०आर सिहक हेलिकप्टर र पी-८आई निगरानी विमानजस्ता उच्च प्रविधीय सैन्य सामग्रीहरू खरिद गरिसकेको छ।

तर भारतले अझै पनि घरेलु उत्पादन क्षमतालाई प्राथमिकता दिने नीतिमा अडिग रहेको देखिएको छ। सरकारी अधिकारीहरूका अनुसार जबसम्म स्वदेशी उत्पादन क्षमता पूरा हुँदैन, तबसम्म अमेरिका वा अन्य मुलुकबाट उच्च प्रविधीय रक्षा सामग्रीहरू खरिद गर्न भारत इच्छुक छैन।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय