२०८२ माघ २८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
चुनावी दौडमा रहेका विनोद चौधरीको दुर्गेश थापासँग भेट | रुकुम पूर्वबाट दाङ जाँदै गरेको बोलेरो जिप सल्यानमा दुर्घटनाग्रस्त | नेकपा नै सबैभन्दा नयाँ पार्टी होः पुष्प्रकमल दाहाल प्रचण्ड | रामेछाप बस दुर्घटना : मृतकको संख्या ९ पुग्यो, गोताखोरको टोलीद्वारा खोजी जारी | नोबेल शान्ति पुरस्कार विजेता नरगिस मोहम्मदीलाई साढे ७ वर्ष जेल सजाय | कुलमान घिसिङ भन्छन उज्यालो नेपाल सामाजिक सञ्जालबाट होइन, कामबाट स्थापित पार्टी हो | महेश बस्नेत भन्छन संसद पुनर्स्थापनाको विषयमा सर्वोच्च अदालत भाग्न पाउँदैन | रुपन्देहीको शान्ति नमूना माविका विद्यार्थी सवार बस दुर्घटना | प्रत्यक्षतर्फ २५ जिल्लाका ३० लाख मतपत्र छापिएको छ | सुन्तला बिक्रीबाट बागलुङमा करिब २७ करोडको आम्दानी |

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतबाट अमेरिका जाने सामानहरूमा २५ प्रतिशत आयात कर लगाउने घोषणा गरेपछि भारत सरकारले अमेरिकाबाट एफ-३५ स्टिल्थ लडाकु विमान नकिन्ने निर्णय गरेको छ।

अमेरिकी सञ्चार संस्था ब्लुमबर्गले भारत सरकारका स्रोतहरूलाई उद्धृत गर्दै दिएको जानकारी अनुसार भारतले निकट भविष्यमा एफ-३५ मात्र होइन, कुनै पनि ठूला रक्षा सम्झौता अमेरिकासँग नगर्ने भएको हो।

नाम नखुलाउने शर्तमा भारतीय अधिकारीहरूले भने, “भारत अब संयुक्त हतियार विकास, प्रविधि हस्तान्तरण, स्वदेशमै उत्पादन र आत्मनिर्भरता आधारित रक्षा रणनीतिलाई प्राथमिकता दिन्छ।”

एफ-३५ खरिदसम्बन्धी कुरा यस वर्ष फेब्रुअरीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति ट्रम्पबीचको वार्तामा उठेको थियो। ट्रम्पले मिडियासामू भारतलाई एफ-३५ बेच्ने प्रस्ताव सार्वजनिकरूपमै राखेका थिए। तर भारतले औपचारिक रूपमा कहिल्यै सहमति जनाएको थिएन।

दुई देशबीचको व्यापार पाँच वर्षभित्र ५०० अर्ब डलर पुर्‍याउने योजना अनुसार भारतले हालै अमेरिकाबाट एमएच-६०आर सिहक हेलिकप्टर र पी-८आई निगरानी विमानजस्ता उच्च प्रविधीय सैन्य सामग्रीहरू खरिद गरिसकेको छ।

तर भारतले अझै पनि घरेलु उत्पादन क्षमतालाई प्राथमिकता दिने नीतिमा अडिग रहेको देखिएको छ। सरकारी अधिकारीहरूका अनुसार जबसम्म स्वदेशी उत्पादन क्षमता पूरा हुँदैन, तबसम्म अमेरिका वा अन्य मुलुकबाट उच्च प्रविधीय रक्षा सामग्रीहरू खरिद गर्न भारत इच्छुक छैन।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय