२०८३ आश्विन ११ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

दक्षिण अफ्रिकाका पूर्व स्टार क्रिकेटर एबी डिभिलियर्सले नेपाली क्रिकेट टोलीको खुलेर प्रशंसा गरेका छन्। भारतीय युट्यूबर शुभांकर मिश्रको पोडकास्टमा कुराकानी गर्दै डिभिलियर्सले नेपालको क्रिकेट यात्रा ‘अद्भुत’ रहेको भन्दै नेपाली टिमलाई ‘खतरनाक’ करार दिए।

पोडकास्टका क्रममा मिश्रले टी-२० विश्वकपमा नेपाल र दक्षिण अफ्रिकाबीचको खेलको प्रसंग उठाउँदै ठट्टाको रूपमा “नेपालले त झण्डैले हराएको थियो है?” भनी प्रश्न गर्दा डिभिलियर्स हाँस्दै बोले, “नेभर!” तर तुरुन्तै थपे, “म जोक गर्दै थिएँ। उनीहरू गज्जबको टिम हुन्, जो लामो यात्रा पार गरेर यहाँसम्म आएका छन्। उनीहरू खतरनाक टिम हुन्।”

डिभिलियर्सले नेपाली टिमलाई अझ स्थायित्व (कन्सिस्टेन्सी) आवश्यक रहेको भन्दै धेरै क्रिकेट खेल्ने अवसरहरू प्रदान गर्नुपर्ने बताए। “उनीहरूले धेरै मौकाहरू पाउनुपर्छ। नेपाल र नेपालजस्ता देशका खेलाडीहरूलाई बढी अवसर दिन आयोजकहरूले गम्भीर सोच राख्नुपर्छ,” उनको भनाइ थियो।

पोडकास्टमा मिश्रले डिभिलियर्सलाई नेपाल क्रिकेट लिग (एनपीएल) खेल्नेबारे चर्चा चलिरहेको उल्लेख गर्दा उनले प्रस्ताव आएको पुष्टि गरे। तर, व्यस्तताका कारण समय नमिलेर आउन नसकेको बताए।

“मलाई इन्भाइट गरिएको थियो। तर, म अलिक व्यस्त थिएँ। मेरो तालिकासँग मिलेन। म अहिले युकेमा परिवारसहित छु र छोटा प्रतियोगितामा मात्र सीमित छु। तर भविष्यमा नेपाल आउन सक्ने सम्भावना छ। नेभर से नेभर!” डिभिलियर्सले उत्साहपूर्वक भने।

नेपाल क्रिकेटप्रति डिभिलियर्सको यस्तो सकारात्मक धारणा र भविष्यमा एनपीएल खेल्ने संकेतले नेपाली क्रिकेट समर्थकहरूलाई थप ऊर्जा र प्रेरणा मिल्ने निश्चित देखिन्छ। यदि उनी नेपाल आउँछन् भने, यो नेपाली क्रिकेट इतिहासका लागि ऐतिहासिक क्षण हुनेछ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय