२०८३ आश्विन २५ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
किरण तिम्सिनाको नियुक्तिमाथि खुस्बु ओलीको प्रश्न : ‘आफैँ नियम बनाएर आफैँ परीक्षामा प्रथम ?’ | प्रतिभा रावलको प्राथमिकता: सहकारी, लालपुर्जा र निजामती सुधार | दूरसञ्चार सेवा कमजोर भएपछि सञ्चारमन्त्रीले मागे प्राधिकरणसँग जवाफ | बाढीपहिरोले मनाङको सडक ठप्प, औषधीदेखि खाद्यान्नसम्मको आपूर्ति रोकियो | पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा |

संघीय निजामती सेवा विधेयकमा रहेको ‘कुलिङ पिरियड’ प्रावधानसम्बन्धी छानबिन गर्न गठन गरिएको विशेष समितिको बैठक एकाएक अवरुद्ध भएको छ। समितिका संयोजकसहित सत्तारूढ दलका चार सांसद बैठक बीचमै छोडेर निस्किएपछि आजको बैठक निष्कर्षविहीन भएको हो।

बैठकमा सहभागी एक सदस्यका अनुसार प्रतिनिधि सभामा गठित विशेष समितिको बैठक जारी रहेको समयमा नेपाली कांग्रेसका जीवन परियार (समितिका संयोजक) र सुशीला थिङ, नेकपा एमालेका ईश्वरी घर्ती र नारायणप्रसाद आचार्य एकाएक उठेर निस्किएका थिए।

“मिटिङ चलिरहेको थियो तर एकाएक चार जना सांसद निस्किएर कतै जानुभयो,” ती सदस्यले भने, “हामीले फोन गर्दा पनि रिसिभ गर्नुभएको छैन। आज प्रतिवेदनको भाषा टुंग्याउने दिन थियो।”

राप्रपाकी सांसद रोशन कार्कीले पनि उनीहरू बैठक कोठाबाट उठेर हिँडेको पुष्टि गरिन्। “हामी अहिले पनि बैठकमा बसिरहेका छौं। विपक्षी दलका सदस्य त बसिरहेकै छौं,” उनले भनिन्।

यता, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले आफूहरू बैठक कक्षमै रहेको र बाँकी सदस्यहरूको प्रतीक्षामा रहेको जानकारी दिए। “हामी अझै बैठकमै छौं, पर्खिरहेकै छौं,” उनले भने।

छानबिन विशेष समितिको म्याद आजै (साउन १८) सकिँदैछ। गत २३ असारमा गठित उक्त समितिलाई सुरुमा २१ दिनको समय दिइएको थियो, जुन पछि एक हप्ता थपिएको हो।

प्रतिनिधिसभाले संघीय निजामती सेवा विधेयकमा रहेको ‘कुलिङ पिरियड’को प्रावधान निष्क्रिय हुने गरी भएको संशोधनबारे गम्भीर त्रुटि देखिएपछि विशेष समिति गठन गरेको थियो।

समितिमा नेपाली कांग्रेस र नेकपा एमालेबाट दुई–दुई जना, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट एक–एक जना सदस्य छन्। बैठक छाडेर निस्किएका चारै सांसदसँग पटक–पटक सम्पर्क प्रयास गरिए पनि उनीहरूले फोन उठाएका छैनन्।

प्रतिवेदन अन्तिम चरणमा पुगेको अवस्थामा समिति संयोजकसहितका सांसदको अचानक बहिर्गमनले विधेयकको छानबिन प्रक्रिया फेरि अन्योलमा परेको देखिएको छ। यस्तो समयमा समितिको म्याद सकिनु र निष्कर्ष ननिस्कनु विधायिकाको कार्यशैलीप्रति गम्भीर प्रश्न उठ्ने संकेत देखिन्छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय