२०८३ श्रावण २६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode

नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले रास्वपा र राप्रपालाई संसद्मा झुटो प्रचार नगर्न चेतावनी दिएका छन्। प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै उनले ‘गोयबल्स शैली’ मा झुटा कुरा फैलाएर जनतालाई भ्रमित पार्ने काम तुरुन्त रोकिनुपर्ने बताएका हुन्।

उनका अनुसार दुई दलले ७० दिनदेखि बैठक बहिष्कार गर्दै झुटो विवरण फैलाउने कार्य गर्दै आएको उल्लेख गर्दै उनले भने, “कति दिनसम्म यो चल्ने हो? संसदमा उभिएर सधैँ गाली गर्ने, भिजिट भिसाको नाममा मानव तस्करी गरियो भन्ने? भिजिट भिसा भनेको मानव तस्करी हो? भिजिट भिसामा बाहिर नजाने सांसद को छ?”

घिमिरेले सरकार र संसद दुवैले उठाइएको विषयमा आवश्यक ध्यान दिइसकेको बताउँदै, अब अनावश्यक आरोप-प्रत्यारोपको राजनीतिलाई अन्त्य गर्नुपर्ने धारणा राखे। उनले रास्वपा र राप्रपालाई संसदको गरिमा खल्बल्याउने काम नगर्न सुझाव पनि दिए।

उनको आरोप अनुसार, दुई पार्टीले गालीगलौज, तथ्यहीन अभिव्यक्ति र भावनात्मक उत्तेजना फैलाउने प्रयास गर्दै आएका छन्। उनले थपे, “जनतालाई भ्रमित पार्ने र संसदलाई दुरुपयोग गर्ने काम अब सह्य छैन। यस्ता क्रियाकलाप जारी रहे कांग्रेस पनि प्रतिवादमा उत्रिन बाध्य हुनेछ।”

संसदमा देखिएको यो वाकयुद्धले आगामी दिनमा सत्ता र प्रतिपक्षबीचको सम्बन्ध थप तनावपूर्ण बन्ने संकेत देखिएको छ। राजनीतिक वृत्तमा अहिले यस चेतावनीलाई गम्भीर रूपमा हेरिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय