२०८२ मंसिर २९ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवालीले गरे पार्टीभित्र चुनाव नलड्ने निर्णय | आमोदप्रसाद उपाध्यायको निधनप्रति शोक व्यक्त गर्न कांग्रेसको आकस्मिक केन्द्रीय समिति बैठक | नेपाली बजारमा सुनले तोड्यो कीर्तिमान मूल्य हालसम्मकै उच्च | एमाले केन्द्रीय कमिटी ३०१ सदस्यीय नै रहने निर्णय | सैन्य परिषद्का सदस्य रायद साद इजरायलको हवाई आक्रमणमा मारिए | पश्चिमी वायूको प्रभावले ५ डिग्रीमा झर्‍यो काठमाडौंको तापक्रम | रोहित पौडेलले एकै सिजनमा जिते उपाधि, कार र बाइक | बन्दसत्र स्थगित गर्दै एमालेले केन्द्रीय समिति बैठक डाक्यो विधान संशोधन मुख्य एजेन्डा | पहाडी भेगमा आंशिक बदली बाँकी क्षेत्रमा मौसम खुला रहने पूर्वानुमान | प्रतिनिधिसभा निर्वाचन हुन अब ८१ दिन मात्र बाँकी दलहरूको गतिविधि तीव्र |

नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले रास्वपा र राप्रपालाई संसद्मा झुटो प्रचार नगर्न चेतावनी दिएका छन्। प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै उनले ‘गोयबल्स शैली’ मा झुटा कुरा फैलाएर जनतालाई भ्रमित पार्ने काम तुरुन्त रोकिनुपर्ने बताएका हुन्।

उनका अनुसार दुई दलले ७० दिनदेखि बैठक बहिष्कार गर्दै झुटो विवरण फैलाउने कार्य गर्दै आएको उल्लेख गर्दै उनले भने, “कति दिनसम्म यो चल्ने हो? संसदमा उभिएर सधैँ गाली गर्ने, भिजिट भिसाको नाममा मानव तस्करी गरियो भन्ने? भिजिट भिसा भनेको मानव तस्करी हो? भिजिट भिसामा बाहिर नजाने सांसद को छ?”

घिमिरेले सरकार र संसद दुवैले उठाइएको विषयमा आवश्यक ध्यान दिइसकेको बताउँदै, अब अनावश्यक आरोप-प्रत्यारोपको राजनीतिलाई अन्त्य गर्नुपर्ने धारणा राखे। उनले रास्वपा र राप्रपालाई संसदको गरिमा खल्बल्याउने काम नगर्न सुझाव पनि दिए।

उनको आरोप अनुसार, दुई पार्टीले गालीगलौज, तथ्यहीन अभिव्यक्ति र भावनात्मक उत्तेजना फैलाउने प्रयास गर्दै आएका छन्। उनले थपे, “जनतालाई भ्रमित पार्ने र संसदलाई दुरुपयोग गर्ने काम अब सह्य छैन। यस्ता क्रियाकलाप जारी रहे कांग्रेस पनि प्रतिवादमा उत्रिन बाध्य हुनेछ।”

संसदमा देखिएको यो वाकयुद्धले आगामी दिनमा सत्ता र प्रतिपक्षबीचको सम्बन्ध थप तनावपूर्ण बन्ने संकेत देखिएको छ। राजनीतिक वृत्तमा अहिले यस चेतावनीलाई गम्भीर रूपमा हेरिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय