२०८२ मंसिर २९ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवालीले गरे पार्टीभित्र चुनाव नलड्ने निर्णय | आमोदप्रसाद उपाध्यायको निधनप्रति शोक व्यक्त गर्न कांग्रेसको आकस्मिक केन्द्रीय समिति बैठक | नेपाली बजारमा सुनले तोड्यो कीर्तिमान मूल्य हालसम्मकै उच्च | एमाले केन्द्रीय कमिटी ३०१ सदस्यीय नै रहने निर्णय | सैन्य परिषद्का सदस्य रायद साद इजरायलको हवाई आक्रमणमा मारिए | पश्चिमी वायूको प्रभावले ५ डिग्रीमा झर्‍यो काठमाडौंको तापक्रम | रोहित पौडेलले एकै सिजनमा जिते उपाधि, कार र बाइक | बन्दसत्र स्थगित गर्दै एमालेले केन्द्रीय समिति बैठक डाक्यो विधान संशोधन मुख्य एजेन्डा | पहाडी भेगमा आंशिक बदली बाँकी क्षेत्रमा मौसम खुला रहने पूर्वानुमान | प्रतिनिधिसभा निर्वाचन हुन अब ८१ दिन मात्र बाँकी दलहरूको गतिविधि तीव्र |

बागमती प्रदेशमा नयाँ मुख्यमन्त्री नियुक्तिका लागि प्रक्रिया सुरु भएको छ। प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले प्रदेश सभामा बहुमतको दाबी गर्न सक्ने सदस्यहरूलाई भोलि (मंगलबार) दिउँसो २ बजेसम्म मुख्यमन्त्री पदमा दाबी पेश गर्न आह्वान गरेका छन्।

प्रदेश प्रमुख कार्यालयका प्रवक्ता देवेन्द्र सापकोटाका अनुसार संविधानको धारा १६८(२) बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने सदस्यलाई मुख्यमन्त्री पदमा दाबी गर्न भनिएको हो।

नयाँ मुख्यमन्त्री नियुक्तिको प्रक्रिया बहादुरसिंह लामाको राजीनामापछि सुरु गरिएको हो। लामा प्रधानमन्त्रीले हिजो (साउन १८) गतेदेखि लागू हुने गरी स्वकीय सचिवमार्फत आफ्नो राजीनामा पत्र प्रदेश प्रमुखलाई पठाएका थिए।

उनको राजीनामा स्वीकृत भएको औपचारिक जानकारी आएलगत्तै प्रदेश प्रमुख कार्यालयले नयाँ सरकार गठनको प्रक्रिया अघि बढाएको हो। अब दलहरूसँग बहुमतको समर्थन जुटाउने दौड तीव्र हुने अनुमान गरिएको छ।

यसबीच बागमती प्रदेशमा दलहरूको नयाँ समीकरण र सत्ता गठबन्धनबारे राजनीतिक तहमा छलफल सुरु भइसकेको छ। नयाँ मुख्यमन्त्रीको टुंगो भोलि दिउँसोपछि लाग्ने सम्भावना रहेको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय