२०८३ आश्विन ११ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

निरन्तरको वर्षाका कारण सप्तकोसी नदीमा पानीको बहाव खतराको सतहमाथि पुगेको छ। आइतबार साँझ कोसी ब्यारेजमा प्रति सेकेण्ड १ लाख ९१ हजार २१० क्यूसेक पानीको बहाव मापन गरिएको छ।

आज बिहान गरिएको मापनअनुसार पनि कोसी ब्यारेजर भएर १ लाख ७५ हजार ६८५ क्यूसेक पानी बगेको सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापाले जानकारी दिए। पानीको सतह उच्च रहेपछि ५६ ढोकामध्ये २३ ढोका खोलिएको छ।

पानीको बहाव १ लाख ५० हजार क्यूसेकभन्दा माथि पुगेपछि कोसी ब्यारेजमा रातो बत्ती बालिने प्रावधान अनुसार अहिले रातो बत्ती बालिएको कन्ट्रोल रुमले जनाएको छ। यो संकेतले सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन सूचित गर्छ।

सप्तकोसी नदीमा अत्यधिक पानीको बहावका कारण कोसी क्षेत्रका बासिन्दा त्रसित छन्। विगतमा पनि यस्तो अवस्था भयावह साबित भएको छ। २०६५ सालको भदौ २ गते एक लाख ६८ हजार क्यूसेक बहाव हुँदा सप्तकोसीले पूर्वी तटबन्ध भत्काएको थियो, जसले ठूलो जनधनको क्षति गराएको थियो।

हाल मौसम अझै असहज रहेकाले सुरक्षाकर्मीहरूलाई उच्च सतर्कतामा राखिएको छ। प्रशासनले कोसी आसपासका नागरिकलाई सावधानी अपनाउन, नदी किनारामा जान नदिन तथा विपद् पूर्वतयारी राख्न आग्रह गरेको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय