२०८२ मंसिर २९ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवालीले गरे पार्टीभित्र चुनाव नलड्ने निर्णय | आमोदप्रसाद उपाध्यायको निधनप्रति शोक व्यक्त गर्न कांग्रेसको आकस्मिक केन्द्रीय समिति बैठक | नेपाली बजारमा सुनले तोड्यो कीर्तिमान मूल्य हालसम्मकै उच्च | एमाले केन्द्रीय कमिटी ३०१ सदस्यीय नै रहने निर्णय | सैन्य परिषद्का सदस्य रायद साद इजरायलको हवाई आक्रमणमा मारिए | पश्चिमी वायूको प्रभावले ५ डिग्रीमा झर्‍यो काठमाडौंको तापक्रम | रोहित पौडेलले एकै सिजनमा जिते उपाधि, कार र बाइक | बन्दसत्र स्थगित गर्दै एमालेले केन्द्रीय समिति बैठक डाक्यो विधान संशोधन मुख्य एजेन्डा | पहाडी भेगमा आंशिक बदली बाँकी क्षेत्रमा मौसम खुला रहने पूर्वानुमान | प्रतिनिधिसभा निर्वाचन हुन अब ८१ दिन मात्र बाँकी दलहरूको गतिविधि तीव्र |

बोलबम तीर्थयात्रामा गएकी एक महिलाको सुन्दरीजलमा खोलामा डुबेर मृत्यु भएको छ।

मृत्यु हुनेमा चितवन घर भइ काठमाडौंको कपनमा बस्दै आएकी ३५ वर्षीया सन्ध्या धामी रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुलदीप चन्दले जानकारी दिएका छन्।

प्रहरीका अनुसार उनी आइतबार राति करिब १:३५ बजे गोकर्णेश्वर नगरपालिका–१ स्थित सुन्दरीमाई मन्दिरतर्फ बोलबम यात्रामा गएकी थिइन्। सो क्रममा उनी ढुंगामा चिप्लिएर खोलामा डुबेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।

डुबेको खबर पाएपछि प्रहरी प्रभाग सुन्दरीजल र नेपाली सेनाको विपद् व्यवस्थापन टोली घटनास्थलमा पुगेर उद्धार कार्य गरेका थिए। उनीलाई तत्कालै नेपाल मेडिकल कलेज, अत्तरखेल लगिएको थियो, तर उपचारका क्रममा राति १:४८ बजे मृत्यु भएको चिकित्सकहरूले पुष्टि गरेका छन्।

श्रावण महिनामा जल चढाउन बोलबम यात्रा गर्ने क्रममा भएको यस दुर्घटनाप्रति स्थानीयले दुःख व्यक्त गरेका छन्। प्रशासनले यात्रामा सावधानी अपनाउन आग्रह गरेको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय