२०८२ चैत्र १९ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
रिक्त स्थानीय तहमा कर्मचारी पठाउन मन्त्रालय सक्रिय ७८ पालिकामा अधिकृत नियुक्त | सम्पत्ति शुद्धीकरण प्रकरण: दीपक भट्टमाथि १० दिन थुनामा राख्न अदालतको आदेश | बादलको अभिव्यक्तिपछि एमालेमा हलचल सचिवालय बैठक बोलाइयो | सार्वजनिक सेवा र कर्मचारी आचरणमा सुधारका लागि मुख्य सचिवले दिए सबै निकायलाई कडा निर्देशन | ‘राष्ट्रघाती सन्धी’ भन्दै एमसीसी खारेज गर्न हर्क साम्पाङको माग | नेतृत्वविरुद्ध आवेगात्मक टिप्पणी नगर्न सुहाङ नेम्वाङको अपिल | कडा टिप्पणीसहित एमालेले दियो प्रधानमन्त्री बालेन शाहलाई बधाई | संख्याको बलमा प्रतिशोध नहुने, सुशासन नरोकिने : सभापति रवि लामिछाने | प्रतिनिधिसभाको रोस्ट्रमबाटै दलित समुदायसँग रवि लामिछानेले मागे माफी | ‘हामीले सिंहदरबार बदल्न सुरु गरिसक्यौं’: रास्वपा सभापति लामिछाने |

लगातार तीन दिनको गिरावटपछि सोमबार सेयर बजारमा सुधार देखिएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज ८.६२ अंकले बढ्दै २८६७ अंकमा पुगेको छ।

गत मंगलबार ३००२ अंकमा पुगेको नेप्से त्यसयता लगातार घट्दै आइतबार २८५८ अंकमा झरेको थियो। सोमबारको कारोबार अवधिभर बजारमा केही उतारचढाव देखिए पनि समग्रमा सकारात्मक दिशा लिएको हो। दिउँसो १:१२ बजे बजार २८३३ अंकसम्म घटेको थियो भने २:३४ बजे २८८९ अंकको उच्च विन्दु छोएको थियो।

यद्यपि सूचक बढे पनि आज कारोबार रकम घटेको देखिएको छ। अघिल्लो दिन १३ अर्ब ७ करोड रुपैयाँको कारोबार भएकोमा सोमबार १० अर्ब ८२ करोड रुपैयाँमा सीमित भयो।

सोमबार १४० कम्पनीको मूल्य बढ्दा ११० कम्पनीको मूल्य घटेको छ। बैंकिङ (०.६८%), जीवन बीमा (०.४३%) र माइक्रोफाइनान्स (०.५६%) समूहमा सकारात्मक सुधार देखिएको छ। त्यस्तै हाइड्रोपावर, होटल तथा पर्यटन, र अन्य समूह पनि थोरै प्रतिशतले बढेका छन्।

अर्कोतर्फ, फाइनान्स (०.८२%), निर्जीवन बीमा (०.५३%), उत्पादन तथा प्रशोधन (०.२१%) लगायत केही समूहमा गिरावट आएको छ।

सिक्लेस हाइड्रोपावर (५.७३%), स्वेतगंगा हाइड्रोपावर (५.१२%), विन्ध्यबासिनी हाइड्रोपावर (४.७२%) र माछापुच्छ्रे बैंक (४.५१%) को मूल्य उल्लेख्य रूपमा बढेको छ।

विपरीत, अघिल्लो दिन १० प्रतिशतले बढेको ट्रेड टावर आज सोही अनुपातमा घटेको छ। थ्रीस्टार हाइड्रोपावर, नेपाल फाइनान्स र सप्तकोशी विकास बैंकको मूल्य पनि ३ प्रतिशतभन्दा बढीले घटेको छ।

अधिक कारोबार भएका शीर्ष पाँच कम्पनीमा हिमालयन रिइन्स्योरेन्स, शिवम् सिमेन्ट, हिमालयन डिस्टिलरी, ङादी ग्रुप पावर र नेपाल पुनर्बीमा रहेका छन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय