२०८३ आश्विन २४ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
किरण तिम्सिनाको नियुक्तिमाथि खुस्बु ओलीको प्रश्न : ‘आफैँ नियम बनाएर आफैँ परीक्षामा प्रथम ?’ | प्रतिभा रावलको प्राथमिकता: सहकारी, लालपुर्जा र निजामती सुधार | दूरसञ्चार सेवा कमजोर भएपछि सञ्चारमन्त्रीले मागे प्राधिकरणसँग जवाफ | बाढीपहिरोले मनाङको सडक ठप्प, औषधीदेखि खाद्यान्नसम्मको आपूर्ति रोकियो | पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा |

बागमती प्रदेशमा कांग्रेस–एमाले गठबन्धनबाट गठन भएको नयाँ सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँसहित आठ मन्त्रीले मंगलबार पद तथा गोपनीयताको शपथ लिएका छन्।

मुख्यमन्त्री बानियाँलाई प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले पद तथा गोपनीयताको शपथ गराएका हुन्। शपथ कार्यक्रममा बानियाँसँगै कांग्रेस र एमालेका मन्त्रीहरुले पनि सपथ लिएका छन्।

कांग्रेसतर्फका मन्त्री
नेपाली कांग्रेसका शिवराज अधिकारी र कृष्णकुमार तामाङले मन्त्री पदको शपथ लिएका छन्। तामाङलाई खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी दिइएको छ भने अधिकारीको जिम्मेवारी तोकिएको छैन।

एमालेतर्फका मन्त्रीहरू
नेकपा एमालेको कोटाबाट छ जनाले मन्त्री पदको शपथ लिएका छन्। तिनमध्ये पाँचजना नयाँ अनुहार छन् भने एकजना पुरानै मन्त्री दोहोरिएका छन्।

  • किरण थापा – स्वास्थ्य मन्त्रालय (दोहोरो कार्यकाल)

  • मधुशोधन पौडेल – कृषि मन्त्रालय

  • भरत केशी – वन मन्त्रालय

  • जयराम थापा – श्रम, रोजगार तथा यातायात मन्त्रालय

  • बिन्दु श्रेष्ठ – उद्योग मन्त्रालय

  • डा. दिनेशचन्द्र देवकोटा – भौतिक पूर्वाधार मन्त्रालय

गठबन्धनको बहुमत
बानियाँ नेपाली कांग्रेस बागमती प्रदेश समितिका सभापति हुन्। उनले सोमबार कांग्रेस–एमाले संयुक्त समर्थनमा सरकार गठनको दाबी प्रस्तुत गरेका थिए।
११० सदस्यीय प्रदेश सभामा कांग्रेस र एमालेको संयुक्त समर्थनमा उनी मुख्यमन्त्री बनेका हुन्। दुवै पार्टीका गरी ६४ जना सांसदको समर्थन रहेको छ।

यससँगै बागमती प्रदेशमा नयाँ सरकारको नेतृत्व इन्द्रबहादुर बानियाँले सम्हालेका छन्। आगामी दिनमा मन्त्रालयको बाँडफाँड र नीतिगत प्राथमिकताले प्रदेश सरकारको गति निर्धारण गर्ने अपेक्षा गरिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय