२०८२ आश्विन २३ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
विपिन जोशीको अवस्थाबारे अझै कुनै जानकारी छैन : इसराइलस्थित नेपाली राजदूत | विदेशमा रहेका नेपाली राजदूतहरूसँग प्रधानमन्त्रीले गरिन छलफल | नागरिक सुरक्षामाथि आयोगको चिन्ता : हिंसात्मक घटनाको निष्पक्ष छानबिन माग | प्रधानमन्त्री कार्कीको निर्देशन : ‘नेपालको नयाँ यथार्थ विश्वसामु पुर्‍याउनुस्’ | टी–२० विश्वकप छनोट : कुवेतविरुद्ध पहिलो खेलमा नेपालको ब्याटिङ | कांग्रेसमा नियमित महाधिवशेनको जोडबल | बालेन र सुदनविरुद्ध अर्को जाहेरी राजद्रोहको अनुसन्धानको माग | विश्व बैंकको प्रक्षेपण: नेपालको आर्थिक वृद्धिदर यस वर्ष २.१ प्रतिशत सीमित हुने | रूस–युक्रेन युद्ध: नोभोरोनेझ आणविक केन्द्रमाथि ड्रोन आक्रमण प्रयास विफल | साउन यता जापानीज इन्सेफ्लाइटिस संक्रमणका कारण ६ जनाको मृत्यु, १७ जना संक्रमित |

सप्तरीमा मदिरा तस्करी नियन्त्रण गर्ने क्रममा प्रहरीले गरेको सर्च अप्रेसनमा एक जना लालु यादवको गोली लागेर मृत्यु भएको छ। राजगड गाउँपालिका–२ कमलपुरका ३६ वर्षीय यादवलाई प्रहरी र स्थानीयबीच झडप हुँदा तिघ्रामा गोली लागेको हो।

भारतीय सीमासँग जोडिएको क्षेत्रमा ठूलो मात्रामा मदिरा तस्करी भइरहेको सूचना पाएपछि प्रहरीले राति सर्च अप्रेसन सञ्चालन गरेको थियो। उक्त क्रममा प्रहरीमाथि स्थानीयहरूले ढुङ्गामुढा गरेपछि आत्मरक्षाका लागि गोली चलाउनुपरेको प्रहरीले जनाएको छ। गम्भीर घाइते यादवलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको छ।

प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतका अनुसार, सो अप्रेसनमा ८० कार्टुन विभिन्न ब्रान्डका मदिरा बरामद गरिएको छ। साथै, चार दिनअघि पनि सप्तरी प्रहरीले छिन्नमस्ता गाउँपालिका–१ बरहीविरपुरमा हवाई फायर गरी हेरोइनसहित दुई जनालाई पक्राउ गरेको थियो।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय