२०८३ आश्विन १४ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब पार्टी नेताहरूका छोराछोरीलाई विदेश पढ्न नपठाउने र सार्वजनिक विद्यालयमै अध्ययन गराउने निर्णयतर्फ पार्टी अघि बढिरहेको बताएका छन्।

बुधबार अखिल (क्रान्तिकारी)ले काठमाडौंमा आयोजना गरेको शैक्षिक संवाद कार्यक्रममा बोल्दै प्रचण्डले यस्तो धारणा राखेका हुन्। उनले आफ्ना सन्तानले पनि विदेशमा पढाइ नगरेको उल्लेख गर्दै पार्टीका सबै नेताहरूले पनि अब त्यही नीति पालना गर्नुपर्ने बताए।

प्रचण्डले भने, “अहिले हाम्रो पार्टी केन्द्रमा छलफल भइरहेको छ कि सबै नेताहरूले आफ्ना छोराछोरीलाई सार्वजनिक विद्यालय वा त्यस्तै संस्थाहरूमा मात्र पढाउने। विदेश नपठाउने निर्णयतर्फ हामी गइरहेका छौं।”

उनले देशको शैक्षिक प्रणालीमा सुधार ल्याउन नेताहरूले व्यवहारिक उदाहरण प्रस्तुत गर्नुपर्ने आवश्यकता औंल्याए।

यही सन्दर्भमा उनले विश्वविद्यालयमा विगतमा आफूले मेरिटोक्रेसी कायम गर्न खोजेको तर अहिले कांग्रेस र एमालेले विश्वविद्यालयलाई ‘भर्ती केन्द्र’ बनाएको आरोप पनि लगाए।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय