२०८३ आश्विन ११ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

भारतको उत्तराखण्डस्थित उत्तरकाशीको हर्षिल क्षेत्रमा साउन २० गते परेको भीषण वर्षापछि आएको बाढीमा जाजरकोटको कुशे गाउँपालिका–२ का १३ जना नेपाली नागरिक हराएको आशंका गरिएको छ। उनीहरू अन्य केही व्यक्तिहरूसँग सम्पर्कविहीन छन्।

कुशे गाउँपालिकाले बिहीबार एक विज्ञप्ति जारी गर्दै सो वडासँगै अन्य वडाका केही व्यक्ति पनि बाढीपछि सम्पर्कविहीन रहेको जानकारी दिएको छ। प्रारम्भिक सूचना अनुसार उनीहरू सबै मजदुरीका लागि हर्षिल क्षेत्र गएका थिए।

गाउँपालिका अध्यक्ष हरिचन्द्र बस्नेतले जारी गरेको विज्ञप्तिमा हराएकाहरूको खोजी तथा उद्धार कार्यलाई छिटो र प्रभावकारी बनाउन आग्रह गर्दै नेपाल सरकार र परराष्ट्र मन्त्रालयमार्फत कूटनीतिक पहल गर्न संघीय र प्रदेश सरकारको ध्यानाकर्षण गराइएको छ।

यसैबीच, बर्दिया जिल्लाका पनि चार जना नेपाली सम्पर्कविहीन भएको सूचना सामाजिक सञ्जालमार्फत आएको छ। उनीहरू पनि सोही क्षेत्रमा काम गर्न गएका हुनसक्ने र बाढीमा परेका हुनसक्ने आशंका गरिएको छ।

हाल भारतको उत्तराखण्ड राज्यमा भारी वर्षाका कारण जनजीवन प्रभावित बनेको छ। नेपाल सरकार र सम्बन्धित निकायबाट उद्धार र खोजी कार्यमा पहल भइहरको छ। हराएकाहरूको सकुशल फेला पारियोस् भन्ने कामना गरिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय