२०८३ आश्विन २४ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
किरण तिम्सिनाको नियुक्तिमाथि खुस्बु ओलीको प्रश्न : ‘आफैँ नियम बनाएर आफैँ परीक्षामा प्रथम ?’ | प्रतिभा रावलको प्राथमिकता: सहकारी, लालपुर्जा र निजामती सुधार | दूरसञ्चार सेवा कमजोर भएपछि सञ्चारमन्त्रीले मागे प्राधिकरणसँग जवाफ | बाढीपहिरोले मनाङको सडक ठप्प, औषधीदेखि खाद्यान्नसम्मको आपूर्ति रोकियो | पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा |

दिवंगत आफन्तको सम्झना र सामाजिक विकृतिविरुद्धको व्यङ्ग्यका रूपमा मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज देशभर विविध कार्यक्रमका साथ मनाइँदैछ। विशेष गरी काठमाडौं, भक्तपुर, ललितपुरलगायत उपत्यकामा यसको विशेष रौनक देखिएको छ।

भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिनसम्म चल्ने यस पर्वको आज पहिलो दिन हो। एक वर्षभित्र दिवंगत भएका आफन्तका नाममा गाई वा मानिसलाई गाईको रूपमा सिँगारी नगर परिक्रमा गराउने परम्परा छ। श्रद्धालुहरूले दूध, फलफूल, रोटी, चिउरा, दही, अन्न र नगद दान गर्ने चलन रहेको छ। धार्मिक विश्वासअनुसार, यसरी नगरपरिक्रमा गर्नाले दिवंगत आत्माले गाईको पुच्छर समातेर वैतरणी पार गर्ने बताइन्छ।

यो पर्व राजा प्रताप मल्लको पालादेखि सुरु भएको मानिन्छ। पुत्रशोकमा डुबेकी रानीलाई संसारले पनि शोक भोग्छ भन्ने देखाउन उनले प्रजा–प्रजालाई गाईजात्रा निकाल्ने आदेश दिएका थिए। पछि प्रहसन र व्यङ्ग्यात्मक प्रस्तुति पनि यस पर्वको मुख्य अंश बनेको इतिहास छ।

आजको दिनमा उपत्यकाका विभिन्न ठाउँमा सामाजिक विकृति, विसङ्गति र राजनीतिक विषयलाई व्यङ्ग्य गर्ने नाटक, नाचगान, झाँकी र प्रस्तुतिहरू गरिन्छ। हास्य कलाकारहरूले विशेष प्रस्तुति दिने, पत्रपत्रिकामा व्यङ्ग्यात्मक अंक प्रकाशित गर्ने चलन पनि कायम छ।

बागमती प्रदेश सरकारले गाईजात्राको अवसरमा आज आइतबार सार्वजनिक बिदा दिएको छ। यस अवसरमा सरकारी कार्यालय, विद्यालय, निजी संघसंस्था र स्थानीय निकाय बन्द छन्।

उपत्यकाबाहिर पनि बनेपा, धुलिखेल, पनौती, बाह्रबिसे, त्रिशूली, दोलखा, भोजपुर, इलाम, धरान, विराटनगर, वीरगञ्ज, हेटौंडा, पोखरा लगायत नेवार समुदायको बसोबास भएको सहरमा गाईजात्रा धुमधामका साथ मनाइँदैछ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय