२०८३ श्रावण २४ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
७ हजारमा ग्यास सिलिन्डर बेचेको आरोपमा भक्तपुरबाट एक जना पक्राउ | कसरी छिरे ५२६ रोहिंग्या नेपाल ? | ढल्केवरको ट्रमा सेन्टर सार्ने विषयमा सरकारलाई रुलिङ | सम्पत्ति शुद्धीकरण मुद्दामा ८ वर्षपछि चक्रे मिलनले पाए सफाइ | चार महिनामै सर्पले टोकेर ५६ जनाको मृत्यु : बालबालिका जोखिममा ! | देशका विभिन्न सडक पहिरोले अवरुद्ध | रास्वपाले साउन २५ देखि ‘हामी सुन्छौँ’ अभियान सुरु गर्ने | धवल शम्शेर राणा र दुर्गा प्रसाईंले घोषणा गरे ‘जय नेपाल पार्टी | सोधपुछका लागि बोलाइएका अन्तर्राष्ट्रिय मानवअधिकार संस्थाका प्रतिनिधि समितिमा उपस्थित भएनन् | काठमाडौंबाट स्थानान्तरण गरिएका ५१ ‘सुकुमबासी’को जग्गा छ : मन्त्री प्रतिभा रावल |

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणका लागि खेलाडी अक्सन शनिबार काठमाडौंमा सम्पन्न भएको छ। अक्सनमा सूचीबद्ध १६४ खेलाडीमध्ये ३७ खेलाडीहरू विभिन्न टिमले अनुबन्ध गरेका छन्। अब विदेशी खेलाडी टुंगो मात्र बाँकी छ।

जनकपुर बोल्ट्स

अघिल्लो सिजनका मार्की आसिफ शेख र कप्तान अनिल साहसहित ७ खेलाडी रिटेन गरेको जनकपुरले अक्सनबाट सचिन भट्ट, आदित्य महता र मयन यादवलाई अनुबन्ध गर्‍यो। विश लिस्टबाट बिकाश आग्री टोलीमा परे।

सुदूरपश्चिम रोयल्स

गत सिजनका उपविजेता सुदूरपश्चिमले मार्की तथा कप्तान दिपेन्द्रसिंह ऐरीसहित ६ खेलाडी रिटेन गरे। अक्सनबाट हेमन्त धामी, टेकबहादुर रावत, दिपेश थापा अनुबन्ध भए भने विश लिस्टबाट दिपक बोहरा र मिलन बोहरा थपिए।

कर्णाली याक्स

तेस्रो स्थानको प्रदर्शन गर्ने कर्णालीले मार्की सोमपाल कामीसहित ७ खेलाडी रिटेन गर्‍यो। अक्सनमा पवन सर्राफ, इमरान शेख, दीपक डुम्रे र युवराज खत्री अनुबन्ध भए।

चितवन राइनोज

मार्की तथा कप्तान कुशल मल्लसहित ६ खेलाडी रिटेन गरेको चितवनले अक्सनबाट देव खनाल, अर्जुन साउद अनुबन्ध गर्‍यो। विश लिस्टबाट बिपिन रावल, बिपिन आचार्य र रन्जित कुमार टोलीमा परे।

काठमाण्डु गोर्खाज

मार्की तथा कप्तान करण केसीसहित ६ खेलाडी रिटेन गरेको काठमाडौंले अक्सनबाट उत्तम थापा मगर, तुलबहादुर थापा, सन्तोष यादव, आकाश त्रिपाठी र आदिल आलमलाई अनुबन्ध गर्‍यो।

विराटनगर किङ्स

मार्की सन्दीप लामिछानेसहित ६ खेलाडी रिटेन गरेको विराटनगरले अक्सनमा सूर्य तामाङ, साहिल पटेल र नारायण जोशी अनुबन्ध गर्‍यो। विश लिस्टबाट शर्वन किस्कु र शंकर राना टोलीमा थपिए।

पोखरा एभेन्जर्स

मार्की कुशल भुर्तेलसहित ७ खेलाडी रिटेन गरेको पोखराले अक्सनबाट अभिषेक तिवारी, अर्जुन कुमाल र कृष्ण पौडेललाई अनुबन्ध गर्‍यो। विश लिस्टबाट सन्दीप खत्री क्षेत्री टोलीमा आए।

लुम्बिनी लायन्स

मार्की तथा कप्तान रोहित पौडेलसहित ६ खेलाडी रिटेन गरेको लुम्बिनीले अक्सनबाट दिलिप नाथ, विशाल पटेल र शेर मल्ललाई अनुबन्ध गर्‍यो। विश लिस्टबाट दुर्गेश गुप्ता र आदिल खान टोलीमा थपिए।

दोस्रो संस्करणको एनपीएलमा अब विदेशी खेलाडी घोषणा भएपछि टोलीहरू पूर्णरूपमा तयार हुनेछन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय