२०८२ आश्विन २२ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
माओवादी नेता जनार्दन शर्मामाथि पत्रकार सन्तोष देउजाले लगाए वैदेशिक सम्पत्ति लुकाएको आरोप | पर्वतमा सडक अलपत्र पार्ने ठेकेदारको जमानत जफत | आयोगले प्रतिवेदन कुर्नुपर्दैन भनेपछि अब कसलाई जिम्मेवार ठहर गर्ने ? | संसद पुनःस्थापनाका लागि अदालत जाने  गृहकार्यमा एमाले  | देशभर मनसुन क्रमश कमजोर हुँदै | जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार कैदी मृत फेला | निर्वाचन आयोगसँग प्रधानमन्त्री : चुनावका लागि आवश्यक सबै स्रोत साधन उपलब्ध हुन्छ | मनसुनी वायु कमजोर, पश्चिमी वायुले गराउने छ हल्कादेखि मध्यम वर्षा | जेन-जीको एक समूहको धम्कीपछि काठमाडौंका संवेदनशील स्थानमा प्रहरी परिचालन | राप्ति प्रतिष्ठानमा बिरामीको चाप बढ्दा शैय्या अभाव |

। नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले नेपालको राजनीति डेलिभरी गर्न नसक्ने अवस्थामा अड्किएको भन्दै शीर्ष नेताहरूलाई सम्मानपूर्वक सन्यास लिन आग्रह गरेका छन्।

आइतबार काठमाडौंमा आयोजित युवासँग जनप्रतिनिधि अन्तरक्रिया कार्यक्रममा बोल्दै थापाले भने, “नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजैको मितिदेखि राजनीति छोड्ने घोषणा गर्नुभयो भने म सबैभन्दा खुसी हुने मानिस हुँ।”

उनका अनुसार, यो भनाइ अवमूल्यनका लागि नभई सम्मानका साथ गरिएको हो। “उहाँहरूले देशका लागि ठूलो योगदान गर्नुभएको छ, तर अहिलेको राजनीति अगाडि बढ्न नसक्ने ठाउँमा पुगिसकेको छ,” थापाले स्पष्ट पारे।

थापाले नेपालको राजनीतिप्रति वितृष्णा बढेको उल्लेख गर्दै यसलाई “फोहोर जमेको पोखरी” सँग तुलना गरे। उनले भने, “म युवा हुँदा पनि ठूला नेता देउवा, ओली र प्रचण्ड नै थिए। अब म ५० वर्ष हुन लाग्दा पनि उनीहरू नै छन्। लोकतन्त्रमा यस्तो हुँदैन।”

उनले पार्टीमाथि पहिला नियन्त्रण गर्ने र पार्टीमार्फत राज्यसत्ता नियन्त्रण गर्ने प्रवृत्ति अन्त्य गर्नुपर्नेमा जोड दिए।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय