२०८३ जेष्ठ २८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
फास्ट ट्र्याकको गाडी दुर्घटना हुँदा इञ्जिनियर र चालकको मृत्यु | हिन्दुकुश क्षेत्रमा कम वर्षाको अनुमान, विपद्को जोखिम भने कायमै | काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने आज अन्तिम दिन | प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’सँग सम्बन्धित हो : परराष्ट्रमन्त्री खनाल | सम्पत्ति विवरण बुझाउने समय एक महिना थप | प्रधानमन्त्रीको अभिव्यक्तिको पैरवी सेनाले पनि गरिरहेको बादलको आरोप | संसदमा खुस्बु ओलीको गुनासो- ज्यान मार्नेदेखि बलात्कारसम्मको धम्की आयो | संसद्मा श्रम संस्कृति पार्टीको विरोध जारी, परराष्ट्रमन्त्री बोल्दा पनि अवरोध | मन्त्री बनेपछि सिंहदरबारमै डेरा सरे महावीर पुन, मन्त्रालयमै बस्ने तयारी | मन्त्रिपरिषद बैठकमा ‘स्थानीय उत्पादन’ अभियान, डीडीसीलाई विशेष प्राथमिकता |

देशमा सक्रिय मनसुनका कारण आज अधिकांश भूभागमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ सरेर नेपाल नजिक रहँदा देशभरको मौसम पूर्ण रूपमा बदली भएको हो।

आज बिहान गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा मध्यम वर्षा भइरहेको छ भने कोशी, मधेस र बागमती प्रदेशका थोरै स्थानमा पनि वर्षा भएको छ। दिउँसो देशभर सामान्यतया बदली रहने र पहाडी भूभागका धेरै स्थानहरूमा तथा तराईका केही क्षेत्रमा मध्यम वर्षा हुने अनुमान गरिएको छ।

कोशी प्रदेशको पहाडी भूभागमा आज एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ। राति देशभर पूर्ण बदली रहने र कोशी, मधेस, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा मध्यम वर्षा, साथै केही क्षेत्रमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने महाशाखाले चेतावनी दिएको छ।

गण्डकीको पहाडी र तराई भूभाग, लुम्बिनीको तराई क्षेत्रमा पनि एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ। महाशाखाले कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका बासिन्दालाई वर्षाजन्य जोखिमबाट बच्न सतर्कता अपनाउन आग्रह गरेको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय