२०८३ श्रावण २४ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
बालेनको कूटनीतिक शैली फेरिँदै : अब राजदूतहरूसँग ‘वान टु वान’ भेट ! | पहिरो, बाढी र कटानको चपेटामा राजमार्ग, सडक यात्रा जोखिमपूर्ण ! | ‘संघीयता र धर्मनिरपेक्षता कमजोर बनाउने प्रयास स्वीकार्य छैन’– आङ्देम्बे | दसैँ लगत्तै सुरु हुँदै एनपीएल, तिहार पनि क्रिकेटकै माहोलमा | ७ हजारमा ग्यास सिलिन्डर बेचेको आरोपमा भक्तपुरबाट एक जना पक्राउ | कसरी छिरे ५२६ रोहिंग्या नेपाल ? | ढल्केवरको ट्रमा सेन्टर सार्ने विषयमा सरकारलाई रुलिङ | सम्पत्ति शुद्धीकरण मुद्दामा ८ वर्षपछि चक्रे मिलनले पाए सफाइ | चार महिनामै सर्पले टोकेर ५६ जनाको मृत्यु : बालबालिका जोखिममा ! | देशका विभिन्न सडक पहिरोले अवरुद्ध |

।मंगलबार नेप्से परिसूचक २६.२२ अंकले घटेर २७९६ अंकमा झरेको छ । अघिल्लो दिनको तुलनामा कारोबार र सूचक दुवैमा गिरावट आएको हो ।

बजार खुलेको सुरुवाती १५ मिनेटसम्म स्थिर देखिए पनि त्यसपछि लगातार रातो अंकमा रह्यो । आज २४ कम्पनीको मूल्य बढ्दा २२५ कम्पनीको घट्यो र एउटाको मूल्य स्थिर रह्यो । अघिल्लो दिनको १० अर्ब २१ करोड रुपैयाँको तुलनामा कारोबार रकम घटेर ६ अर्ब ९१ करोड रुपैयाँमा सीमित भयो ।

क्षेत्रगत सूचकमा होटल तथा पर्यटन समूह मात्र हरियो रह्यो । यस समूहको सूचक १.३२ प्रतिशत बढ्दा बैंकिङ ०.९४, विकास बैंक ०.७६, फाइनान्स १.५३, हाइड्रोपावर १.२६, लगानी ०.६६, जीवन बीमा १.०६, उत्पादन तथा प्रशोधन १.००, माइक्रोफाइनान्स १.४९, निर्जीवन बीमा ०.८१, अन्य ०.६२ र व्यापार ०.८६ प्रतिशत घटे ।

सिटी होटलको मूल्य १० प्रतिशतले बढेको छ । कम्पनीको हकप्रद सेयर मूल्य समायोजनपछि वृद्धि भएको हो । कम्पनीले ८० प्रतिशत हकप्रद सेयर निष्कासन गर्दैछ । त्यस्तै समाज लघुवित्त ४.३४ प्रतिशत र कालिका पावर २.३७ प्रतिशतले बढे ।

घट्नेमा सिक्लेस हाइड्रोपावरको मूल्य १० प्रतिशत, उन्नति सहकार्य लघुवित्तको ८ प्रतिशत र लक्ष्मी लघुवित्तको ६.१४ प्रतिशतले घट्यो ।

आज सबैभन्दा धेरै कारोबार भएका कम्पनीमा नेपाल पुनर्बीमा, हिमालयन रिइन्स्योरेन्स, लुम्बिनी विकास बैंक, शिवम् सिमेन्ट र बुटवल पावर क्रमशः अगाडि छन् ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय