२०८३ श्रावण २५ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode

जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान महाशाखाले आगामी २४ घण्टा मनसुन सक्रिय रहने जनाउँदै देशभर वर्षाको सम्भावना चेतावनीसहित जारी गरेको छ। विभागका अनुसार मनसुनको न्यून चापीय रेखा तराई आसपास रहेकाले आज दिउँसो देशभर पूर्णतया बदली रहनेछ।

देशका अधिकांश स्थानमा मध्यम वर्षा हुने र मधेस प्रदेशसँगै कोशी, वाग्मती, गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा र एक-दुई स्थानमा मुसलधारे वर्षा हुने सम्भावना छ। कर्णाली प्रदेशका एक-दुई स्थानमा पनि भारी वर्षाको पूर्वानुमान गरिएको छ।

आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा पूर्णतया बदली रहनेछ भने बाँकी भागमा सामान्य बदली हुनेछ। गण्डकी र कर्णालीका पहाडी क्षेत्र तथा लुम्बिनी र सुदूरपश्चिमका पहाडी र तराई भागमा धेरै स्थानमा मध्यम वर्षाको सम्भावना छ।

विभागले सुदूरपश्चिम प्रदेशका पहाडी र तराईका केही स्थानमा अत्यधिक वर्षा हुन सक्ने चेतावनी दिएको छ। लुम्बिनी प्रदेशका तराईका केही स्थान र गण्डकी–कर्णालीका पहाडी भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाइएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय