२०८२ आश्विन २३ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
विपिन जोशीको अवस्थाबारे अझै कुनै जानकारी छैन : इसराइलस्थित नेपाली राजदूत | विदेशमा रहेका नेपाली राजदूतहरूसँग प्रधानमन्त्रीले गरिन छलफल | नागरिक सुरक्षामाथि आयोगको चिन्ता : हिंसात्मक घटनाको निष्पक्ष छानबिन माग | प्रधानमन्त्री कार्कीको निर्देशन : ‘नेपालको नयाँ यथार्थ विश्वसामु पुर्‍याउनुस्’ | टी–२० विश्वकप छनोट : कुवेतविरुद्ध पहिलो खेलमा नेपालको ब्याटिङ | कांग्रेसमा नियमित महाधिवशेनको जोडबल | बालेन र सुदनविरुद्ध अर्को जाहेरी राजद्रोहको अनुसन्धानको माग | विश्व बैंकको प्रक्षेपण: नेपालको आर्थिक वृद्धिदर यस वर्ष २.१ प्रतिशत सीमित हुने | रूस–युक्रेन युद्ध: नोभोरोनेझ आणविक केन्द्रमाथि ड्रोन आक्रमण प्रयास विफल | साउन यता जापानीज इन्सेफ्लाइटिस संक्रमणका कारण ६ जनाको मृत्यु, १७ जना संक्रमित |

सुनसरीको दुहबी नगरपालिका–४ मा निर्माणाधीन घरको सेफ्टी ट्याङ्कीभित्र ठेकेदार र एक कामदार मृत अवस्थामा फेला परेका छन्।

मृतकहरूमा दुहबी–२ का ५० वर्षीय श्यामबहादुर तामाङ र ३२ वर्षीय रमेश राई रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक योगराज खतिवडाले जानकारी दिए। तामाङले घर निर्माणको पेटी ठेक्का लिएका थिए भने राई कामदार थिए।

आज बिहान करिब १० बजे स्थानीयले चन्द्रिका रौनियारको निर्माणाधीन घरको ट्याङ्कीमा दुवै जनाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। इलाका प्रहरी कार्यालय दुहबीको टोली घटनास्थल पुगेपछि थप अनुसन्धानका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको विशेषज्ञ टोली पनि घटनास्थलमा पुगेको हो।

प्रहरीका अनुसार मृत्युको कारण अझै स्पष्ट भएको छैन र घटनाबारे थप अनुसन्धान जारी छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय