२०८३ श्रावण २५ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode

सुनसरीको दुहबी नगरपालिका–४ मा निर्माणाधीन घरको सेफ्टी ट्याङ्कीभित्र ठेकेदार र एक कामदार मृत अवस्थामा फेला परेका छन्।

मृतकहरूमा दुहबी–२ का ५० वर्षीय श्यामबहादुर तामाङ र ३२ वर्षीय रमेश राई रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक योगराज खतिवडाले जानकारी दिए। तामाङले घर निर्माणको पेटी ठेक्का लिएका थिए भने राई कामदार थिए।

आज बिहान करिब १० बजे स्थानीयले चन्द्रिका रौनियारको निर्माणाधीन घरको ट्याङ्कीमा दुवै जनाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। इलाका प्रहरी कार्यालय दुहबीको टोली घटनास्थल पुगेपछि थप अनुसन्धानका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको विशेषज्ञ टोली पनि घटनास्थलमा पुगेको हो।

प्रहरीका अनुसार मृत्युको कारण अझै स्पष्ट भएको छैन र घटनाबारे थप अनुसन्धान जारी छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय