२०८३ आश्विन ११ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

गृहमन्त्री रमेश लेखकको सचिवालयले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद डा. चन्दा कार्कीले लगाएको आरोप असत्य र मनगढन्ते भएको भन्दै खण्डन गरेको छ।

सांसद कार्कीले बिहीबार प्रतिनिधि सभा बैठकमा गृहमन्त्रीकै कार्यकक्षमा न्याय परिषद्मा दर्ता हुने उजुरी तयार पारिएको र प्रतिलिपि सचिवालयबाट पठाइएको दाबी गरेकी थिइन्। तर, सचिवालयले शुक्रबार विज्ञप्ति जारी गर्दै उक्त दाबी कपोलकल्पित भएको स्पष्ट पारेको छ।

विज्ञप्तिमा रुपन्देही जिल्ला अदालतमा मुद्दा पेशी चढेको दिन कार्यकक्षमा उजुरी तयार पारिएको र प्रतिलिपि पठाइएको भनाइलाई पूर्णतः भ्रामक र तथ्यहीन बताइएको छ। साथै, गृहमन्त्री र सचिवालय अदालत तथा न्याय परिषद्को स्वतन्त्रता र मर्यादाप्रति संवेदनशील रहेको र यस्ता कार्य अतीतमा नभएको, भविष्यमा पनि नहुने विश्वास दिलाइएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय