२०८३ श्रावण २६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode

पाल एसबिआई बैंक लिमिटेडको नाफा गत आर्थिक वर्षमा करिब १० प्रतिशतले बढेको छ। बैंकले सार्वजनिक गरेको चौथो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण अनुसार अघिल्लो वर्षको तुलनामा नाफा ९.८६ प्रतिशतले वृद्धि भई १ अर्ब ८० करोड २५ लाख रुपैयाँ पुगेको हो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३.७२% र फि तथा कमिशन आम्दानी ७.५५% बढेको छ। कुल सञ्चालन आम्दानी ५.९१% वृद्धि भए पनि इम्पेरमेन्ट चार्ज ६४ करोड ८३ लाख रुपैयाँबाट बढेर १ अर्ब २ करोड रुपैयाँ पुगेकाले सञ्चालन मुनाफा ३.६२% घटेको हो।

प्रतिसेयर आम्दानी (EPS) अघिल्लो वर्षको भन्दा १ रुपैयाँ ८१ पैसा घटेर १६ रुपैयाँ ५४ पैसामा झरेको छ। गत असार मसान्तसम्म बैंकको वितरणयोग्य मुनाफा १ अर्ब २३ करोड ३ लाख रुपैयाँ र वितरणयोग्य प्रतिसेयर आम्दानी ११ रुपैयाँ २९ पैसा रहेको छ।

१० अर्ब ८९ करोड रुपैयाँ चुक्ता पूँजी भएको बैंकको जगेडा कोषमा ९ अर्ब ६५ करोड रुपैयाँ सञ्चित छ। गत आर्थिक वर्षको अन्त्यमा बैंकले १ खर्ब ९९ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ३४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ। बैंकको प्रतिसेयर नेटवर्थ १८८ रुपैयाँ ५९ पैसा र मूल्य–आम्दानी अनुपात (P/E ratio) २६.६० गुणा रहेको विवरणमा उल्लेख छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय