२०८३ श्रावण २६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode

सानिमा क्यापिटल लिमिटेडअन्तर्गत सञ्चालित दुई म्युचुअल फण्डले आव २०८१/८२ को संचित मुनाफाबाट इकाईधनीहरूलाई नगद लाभांश वितरण गर्ने घोषणा गरेका छन्।

‘सानिमा ग्रोथ फण्ड’ले १५.७९ प्रतिशत (करसहित) नगद लाभांश प्रस्ताव गरेको छ, जसअन्तर्गत कुल १० करोड ६१ लाख ८९ हजार रुपैयाँ वितरण गरिनेछ।

त्यस्तै, ‘सानिमा लार्ज क्याप फण्ड’ले २१.०५ प्रतिशत (करसहित) नगद लाभांश प्रस्ताव गरेको छ। यस फण्डबाट इकाईधनीहरूलाई २५ करोड २६ लाख ३१ हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गरिनेछ।

घोषित लाभांश सम्बन्धित फण्डको सभाबाट पारित भएपछि इकाईधनीहरूलाई वितरण गरिनेछ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय