
मौसम पूर्वानुमान महाशाखाले देशभर मनसुन क्रमशः कमजोर हुँदै गएको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतर्फ सरेको हुँदा आज दिउँसो सुदूरपश्चिम प्रदेशलगायत पहाडी भूभागमा साधारणतया बदली र बाँकी क्षेत्रमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ।
महाशाखाका अनुसार सुदूरपश्चिमका पहाडी क्षेत्र र तराईका केही स्थानमा मध्यम वर्षा हुन सक्छ। राति कोशी प्रदेशका पहाडी भागमा साधारण बदली र अन्य क्षेत्रमा आंशिक बदली रहनेछ। गण्डकी र कर्णाली प्रदेशका पहाडी भाग, बागमती र लुम्बिनी प्रदेशका केही स्थानमा पनि मध्यम वर्षाको सम्भावना छ।
महाशाखाले वर्षाका कारण पहाडी क्षेत्रमा पहिरो र गेग्रान बहावको जोखिम बढ्ने, ठूला–साना नदीनालामा पानीको सतह उक्लन सक्ने तथा यातायात प्रभावित हुनसक्ने चेतावनी दिएको छ। साथै, सम्भावित क्षति कम गर्न सतर्क रहन र पूर्वतयारी गर्न सबैलाई आग्रह गरिएको छ।
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।