२०८२ आश्विन २२ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
प्रतिवेदन कुर्नुपर्दैन भनेपछि अब कसलाई जिम्मेवार ठहर गर्ने ? | संसद पुनःस्थापनाका लागि अदालत जाने  गृहकार्यमा एमाले  | देशभर मनसुन क्रमश कमजोर हुँदै | जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार कैदी मृत फेला | निर्वाचन आयोगसँग प्रधानमन्त्री : चुनावका लागि आवश्यक सबै स्रोत साधन उपलब्ध हुन्छ | मनसुनी वायु कमजोर, पश्चिमी वायुले गराउने छ हल्कादेखि मध्यम वर्षा | जेन-जीको एक समूहको धम्कीपछि काठमाडौंका संवेदनशील स्थानमा प्रहरी परिचालन | राप्ति प्रतिष्ठानमा बिरामीको चाप बढ्दा शैय्या अभाव | ‘अभिमन्यु : च्याप्टर १’ को रिलिज मिति फेरियो, अब कार्तिक २१ गते विश्वभर प्रदर्शन हुने | अमेरिकी र्‍यापर डिडीलाई ४ वर्ष २ महिनाको जेल सजाय |

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले संसदीय दलका नेता गंगाराम चौधरीमाथि कारबाही गर्दै संसद सचिवालयलाई औपचारिक जानकारी गराएकी छन्।

पार्टीले मागेको स्पष्टीकरणमा चित्तबुझ्दो जवाफ नदिएको र पुनः माग्दा समेत प्रतिक्रिया नआएको कारण कारबाही गरिएको अध्यक्ष श्रेष्ठको पत्रमा उल्लेख छ।

श्रेष्ठले चौधरीमाथि पार्टीको महासचिव पद नभए पनि लेटरप्याड र छापको दुरुपयोग गरी पार्टीको हितविपरीत गतिविधि गरेको, विधान विपरीत केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरेको, संवैधानिक आयोगको रूपमा रहने निर्वाचन आयोगको निर्णय विपरीत पत्राचार र निर्णयहरू गरेको आरोप लगाएकी छन्। साथै, उनले दल त्याग गरेका र पदाधिकारी नरहेका व्यक्तिलाई समेत बैठकमा सामेल गराएको दाबी गरेकी छन्।

यो कदमले हालै चुलिएको पार्टीभित्रको विवादलाई थप तीव्र बनाएको छ। पछिल्लो समय संरक्षक रेशम चौधरी पक्ष र अध्यक्ष श्रेष्ठ पक्षबीच तीव्र मतभेद देखिँदै आएको छ। रेशम चौधरी पक्षले श्रेष्ठलाई अध्यक्षबाट हटाएको घोषणा गरे पनि निर्वाचन आयोगले त्यसलाई मान्यता दिएको छैन।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय