२०८३ आश्विन १२ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

अमेरिकाको अलास्कामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच भएको बहुचर्चित शिखर सम्मेलन ठोस सहमति बिना सकिएको छ। रुस–युक्रेन युद्धमा केन्द्रित रहिएको यो बैठक तीन घण्टाभन्दा बढी समयसम्म चले पनि कुनै अन्तिम सहमति बन्न सकेन।

अलास्काको एल्मेन्डोर्फ–रिचर्डसन सैन्य अड्डामा बन्द ढोकाभित्र भएको उक्त वार्तामा ट्रम्पसँग अमेरिकी सिनेटर मार्को रुबियो, विटकफसहित केही अधिकारी सहभागी थिए। पुटिनसँग रुसी विदेशमन्त्री सर्गेई लाभरोभ, अर्थमन्त्री एन्टोन सिलुआनोभ र आर्थिक सल्लाहकार किरिल दिमित्रीभ सहभागी थिए।

बैठकपछि संयुक्त पत्रकार सम्मेलन गर्दै पुटिनले युक्रेनको अवस्था रुसी सुरक्षाका लागि आधारभूत खतरा भएको बताए। उनले दीर्घकालीन सम्झौता गर्न युद्धका सबै प्राथमिक कारणहरू समाधान गर्नुपर्नेमा जोड दिए। किभ र युरोपेली राजधानीहरूले वार्ताको सकारात्मक सन्देश लिनुपर्ने विश्वास समेत पुटिनले व्यक्त गरे। साथै उनले, ट्रम्प राष्ट्रपति भएको भए युद्ध सुरु नै नहुने टिप्पणी गरे।

अमेरिकी राष्ट्रपति ट्रम्पले बैठकलाई उपयोगी बताए। उनले केही मुद्दामा सहमति भएको भए पनि ठूला विषयमा सहमति हुन बाँकी रहेको जानकारी दिए। ट्रम्पले छिट्टै नेटो र राष्ट्रपति जेलेन्स्कीसहित सम्बन्धित पक्षलाई सम्पर्क गर्ने बताए। पुटिनले पत्रकार सम्मेलनकै क्रममा ट्रम्पलाई रूस भ्रमणका लागि निम्तो दिएका थिए।

ट्रम्प र पुटिनबीच २०१९ पछि पहिलोपटक प्रत्यक्ष भेटवार्ता भएको हो। युक्रेनमा पछिल्लो समय हिंसा र आक्रमण बढ्दै गएको सन्दर्भमा भएको यस भेटवार्तालाई युद्ध रोक्ने सम्भावित कूटनीतिक पहलका रूपमा हेरिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय