२०८२ माघ २७ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
नेकपा नै सबैभन्दा नयाँ पार्टी होः पुष्प्रकमल दाहाल प्रचण्ड | रामेछाप बस दुर्घटना : मृतकको संख्या ९ पुग्यो, गोताखोरको टोलीद्वारा खोजी जारी | नोबेल शान्ति पुरस्कार विजेता नरगिस मोहम्मदीलाई साढे ७ वर्ष जेल सजाय | कुलमान घिसिङ भन्छन उज्यालो नेपाल सामाजिक सञ्जालबाट होइन, कामबाट स्थापित पार्टी हो | महेश बस्नेत भन्छन संसद पुनर्स्थापनाको विषयमा सर्वोच्च अदालत भाग्न पाउँदैन | रुपन्देहीको शान्ति नमूना माविका विद्यार्थी सवार बस दुर्घटना | प्रत्यक्षतर्फ २५ जिल्लाका ३० लाख मतपत्र छापिएको छ | सुन्तला बिक्रीबाट बागलुङमा करिब २७ करोडको आम्दानी | आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो | सिरहामा गोली हानी एक जनाको हत्या |

शकै पहिलो मानव–निर्मित कुलेखानी जलविद्युत् आयोजनाको जलाशयमा पानीको सतह अन्तिम विन्दुमा पुगेको छ। बर्खाको समयमा समेत पर्याप्त वर्षा नहुँदा जलाशयमा पानी जम्मा नहुनु यस स्थितिको मुख्य कारण बनेको हो।

कुलेखानी प्रथम जलविद्युत् केन्द्रका प्रमुख तारादत्त भट्टका अनुसार आइतबार जलाशयमा पानीको सतह समुद्री सतहबाट १ हजार ४९४ मिटर पुगेको छ। यसअघि गत वर्ष यही समयमा सतह १ हजार ५१३ मिटरमा थियो। अधिकतम सीमा १ हजार ५३० मिटर र न्यूनतम सीमा १ हजार ४८४ मिटर भएकाले अब १० मिटर सतह कम भएमा न्यूनतम विन्दुमा पुग्नेछ।

“गत वर्षको तुलनामा यस वर्ष वर्षा कम भएकाले जलाशय अपेक्षित रूपमा भरिन सकेको छैन। यदि आगामी दिनमा पर्याप्त वर्षा भएन भने हिउँदमा काठमाडौं उपत्यकामा विद्युत् आपूर्ति गर्न गाह्रो पर्न सक्छ,” भट्टले बताए।

नेपाल विद्युत् प्राधिकरणले कुलेखानीलाई ब्याकअप स्रोतका रूपमा प्रयोग गर्दै आएको छ। अधिक माग भएको समय वा भोल्टेज घटबढ हुँदा आपूर्ति सन्तुलन गर्न यस आयोजनाबाट विद्युत् उत्पादन गरिन्छ। तर अहिले जलाशयको सतह घटेपछि सञ्चालन समय कटौती गरिएको बताइएको छ।

६० मेगावाट क्षमताको कुलेखानी प्रथम जलविद्युत् आयोजना मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा अवस्थित छ। यसले थाहा नगरपालिकाका दामन, पालुङ, बज्रबाराही, चित्लाङ र इन्द्रसरोवर गाउँपालिकाका मार्खु तथा फाखेललाई जलाधार क्षेत्रका रूपमा प्रयोग गर्छ।

विशेषज्ञहरूका अनुसार अझै केही समय वर्षा हुने भएकाले तत्काल आत्तिनुपर्ने अवस्था भने छैन। तर जलाधार क्षेत्रमा पर्याप्त पानी नपरेको खण्डमा आगामी हिउँदमा विद्युत् आपूर्ति संकट गहिरिन सक्ने चेतावनी दिइएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय