२०८२ मंसिर २६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
रवि लामिछानेमाथि सरकारको धारणा खोज्दै रास्वपा | पाल्पामा जीप दुर्घटना : ३ जनाको मृत्यु ९ घाइते | सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै आज चार नयाँ अनुहार मन्त्री बन्दै | एमालेको महाधिवेशनलाई ध्यानमा राख्दै नागढुङ्गा मलेखु सडक दुई दिन खुला | धुर्मुसको स्पष्टीकरण : ‘भागेका होइनौँ, छोरीको उपचारका लागि अमेरिका आएका हौँ’ | रास्वपाले समानुपातिक नाम दर्ताको म्याद पुस ५ सम्म बढायो | जेन–जी आन्दोलनमा ८४ अर्ब क्षति, पुनर्निर्माणका लागि ३६ अर्ब बजेट आवश्यक | अर्थ मन्त्रालयको बदमासी कि प्राविधिक समस्या? मधेशको बजेट ‘फ्रीज’को वास्तविकता के हो? | जेनजी–सरकार सम्झौतामा दलहरूको शङ्का : वैधानिकता र कार्यान्वयनमै प्रश्न | विराटनगरलाई ४० रनले हराउँदै लुम्बिनी फाइनलमा |

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को राजनीतिक यात्रा लामो समय टिक्ने अवस्था नभएको टिप्पणी गरेका छन्।

नेपाल पत्रकार महासंघ पाल्पाले आइतबार तानसेनमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले रास्वपाको राजनीति खहरेको बाढीजस्तै क्षणिक हुने दाबी गरे। “एउटा बर्खा नसकिदै खहरेको बाढी सुक्छ, कमिला हिंड्न थाल्छ, रास्वपा पनि अब हराउँदै जान्छ,” उनले भने।

पौडेलले विरोधमै रमाएर राजनीति नगरी राष्ट्रिय जिम्मेवारीलाई प्राथमिकता दिन सुझाव दिए। एमाले र कांग्रेसलाई देश र जनताको हितमा काम गर्ने दलका रूपमा उल्लेख गर्दै उनले सहमति अनुसार बनेको अहिलेको सरकार ढल्ने अवस्था नरहेको स्पष्ट पारे।

“मुलुकको सुरक्षित भविष्यका लागि दुई ठूला दल मिलेर सरकार बनाएका हौं,” उनले भने, “अहिलेको सरकार ढल्दैन।”

उनले माओवादी केन्द्रबाट अघिल्लो दिनमा मुलुकलाई अस्थिरतामा धकेल्ने प्रयास भएको तर अहिले अस्थिरताको राजनीति गर्ने दिन सकिएको दाबी गरे। दृष्टिकोण, एजेण्डा र गन्तव्यबिनाका पार्टीहरूले मात्रै अस्थिरता निम्त्याउन खोजेको उनको भनाइ छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय