२०८३ आश्विन १२ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को राजनीतिक यात्रा लामो समय टिक्ने अवस्था नभएको टिप्पणी गरेका छन्।

नेपाल पत्रकार महासंघ पाल्पाले आइतबार तानसेनमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले रास्वपाको राजनीति खहरेको बाढीजस्तै क्षणिक हुने दाबी गरे। “एउटा बर्खा नसकिदै खहरेको बाढी सुक्छ, कमिला हिंड्न थाल्छ, रास्वपा पनि अब हराउँदै जान्छ,” उनले भने।

पौडेलले विरोधमै रमाएर राजनीति नगरी राष्ट्रिय जिम्मेवारीलाई प्राथमिकता दिन सुझाव दिए। एमाले र कांग्रेसलाई देश र जनताको हितमा काम गर्ने दलका रूपमा उल्लेख गर्दै उनले सहमति अनुसार बनेको अहिलेको सरकार ढल्ने अवस्था नरहेको स्पष्ट पारे।

“मुलुकको सुरक्षित भविष्यका लागि दुई ठूला दल मिलेर सरकार बनाएका हौं,” उनले भने, “अहिलेको सरकार ढल्दैन।”

उनले माओवादी केन्द्रबाट अघिल्लो दिनमा मुलुकलाई अस्थिरतामा धकेल्ने प्रयास भएको तर अहिले अस्थिरताको राजनीति गर्ने दिन सकिएको दाबी गरे। दृष्टिकोण, एजेण्डा र गन्तव्यबिनाका पार्टीहरूले मात्रै अस्थिरता निम्त्याउन खोजेको उनको भनाइ छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय