२०८३ श्रावण २५ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode

अमेरिकी एक संघीय न्यायाधीशले ट्रम्प प्रशासनले एक संचार समूहमाथि गरेको अनुसन्धानमा रोक लगाएकी छन्। यो समूह मिडिया म्याटर्स फर अमेरिका ( अर्थात् अमेरिकाका लागि संचारमाध्यम महत्वपूर्ण छ ) हो जसले फक्स न्युज र इलन मस्कको एक्स जस्ता संचार माध्यम र सामाजिक संजालको विरोध गर्दै आएको छ।

न्यायाधीश स्पार्कल एल. सुकनानानले यो अनुसन्धानलाई ‘प्रतिशोधको कार्य’ भनेकी छन्। उनले मिडिया म्याटर्सले आफ्नो अभिव्यक्ति स्वतन्त्रताको अधिकारको रक्षा गर्ने मुद्दामा जित्ने सम्भावना धेरै छ त्यसैले अनुसन्धान अहिले नै रोक्नु पर्छ लेखेकी छन् ।

एक्सका मालिक ईलन मस्कले मिडिया म्याटर्सले आफ्नो व्यापारलाई हानि पुर्याउन खोजेको भन्दै मुद्दा हालेका थिए। उनले यो समूहलाई ‘खराब प्रचार गर्ने यन्त्र भनेका थिए। यसको जवाफमा मिडिया म्याटर्सले पनि मस्कविरुद्ध मुद्दा हालेको छ।

ट्रम्प सरकार आएपछि मस्क र उनका समर्थकहरूलाई बल मिलेको थियो। तर, न्यायाधीशको यो निर्णयले मिडिया म्याटर्सलाई ठूलो राहत मिलेको छ। यो मुद्दाले भविष्यमा कुनै पनि सरकारले आफ्नो शक्ति दुरुपयोग गरेर संचार माध्यमलाई दबाउन नपाउने सन्देश दिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय