२०८२ चैत्र १८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
एमाले संसदीय दलको नेतामा 'बादल' निर्विरोध: सुहाङको दाबी फिर्ता गर्न लगाईयो ! | उच्च अदालतको फैसलाले महेश बस्नेत विरुद्ध शोभा पाठकले लगाएको आरोप खारेज | चरित्रहत्या विरुद्ध उजुरी दिन साइबर ब्यूरो पुगिन् अमिशा पराजुली | को बन्ला बालेन सरकारको महान्यायाधिवक्त्ता? | प्रधानन्यायाधीश पद रिक्त भएपछि कामु प्रधानन्यायाधीशमा सपना प्रधान मल्लको इन्ट्री | पोखरामा अवैध ‘ट्रान्स पार्टी’मा छापा विदेशीसहित ३८ जना पक्राउ | सुनको मूल्यमा भारी उछाल चाँदी पनि महँगियो | पुरानै टिममा भरोसा बालेनले सुरेन्द्र बजगाईंलाई दिए प्रेस संयोजकको जिम्मा | एमाले प्रदर्शनमा कुटिएका वृद्धलाई गृहमन्त्री सुदन गुरुङले घरमै गएर भेटे | ललितपुरमा एमालेको प्रदर्शनका क्रममा वृद्धमाथि आक्रमणमा संलग्न युवक प्रहरी नियन्त्रणमा |

प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतान्त्रिक गणतन्त्रको प्रणालीमा कुनै पनि प्रतिगमनकारी कानुन आउन नसक्ने बताएका छन् ।

मुलुकी संहिता दिवस २०८२ को अवसरमा आइतबार कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संविधान र कानुन कार्यान्वयनका लागि शक्ति पृथकीकरणको सिद्धान्तअनुसार सबै निकायले सन्तुलित भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।

“हामी केवल राजनीतिक लोकतन्त्रमा सीमित छैनौं, परिपूर्ण लोकतन्त्रका पक्षमा छौं,” प्रधानमन्त्री ओलीले भने , “यसमा असमानता, भेदभाव र थिचोमिचोलाई स्थान छैन। मुलुकी संहितामा देखिएका कमजोरीलाई सच्याउन सकिन्छ, तर बहुविवाहलाई मान्यता दिने वा प्रतिगमनकारी कानुन ल्याउने हल्लामा विश्वस्त हुन सकिन्न। यस्तो मान्यता आजको समाजले दिन्न।”

प्रधानमन्त्रीले छिटो र न्यायपूर्ण सेवा दिनु सरकारको प्राथमिकता रहेको बताउँदै यसका लागि कार्यान्वयन र संशोधनको काम निरन्तर भइरहेको स्पष्ट पार्नुभयो। उहाँका अनुसार संसद्को चालु अधिवेशनमा थुप्रै नयाँ विधेयक दर्ता भइसकेका छन् र कानुनी सुधारको यात्रा निरन्तर अघि बढ्नेछ।

न्यायालयको स्वतन्त्रता र सम्मानलाई कार्यकारिणीले सदैव स्वीकार गर्ने पनि प्रधानमन्त्री ओलीले प्रष्ट पार्दै ।“सम्मान भनेको पञ्चायतकालीन जयजयकार होइन, समाजलाई सच्चरित्रमा विकसित गर्ने र निष्पक्ष ढङ्गले कानुन लागू गर्ने” भन्नेमा जोड दिए ।

२०७५ भदौ १ गतेदेखि कार्यान्वयनमा आएको मुलुकी संहिता अहिले पनि सुधार र संशोधनको प्रक्रियामा रहेको उल्लेख गर्दै उहाँले यो कार्यलाई निरन्तर अगाडि बढाइने बताउनुभयो।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय