
भुटानमा यही अगस्ट २० देखि ३१ तारिखसम्म हुने साफ यु–१७ महिला फुटबल च्याम्पियनसिप खेल्ने नेपाली टोलीलाई आज बिदाइ गरिएको छ ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले आइतबार एक विशेष कार्यक्रम गरी टोलीलाई बिदाइ गर्यो। नेपाली टोली सोमबार भुटान प्रस्थान गर्नेछ।
यस प्रतियोगितामा आयोजक भुटानसहित नेपाल, भारत र बङ्गलादेशको सहभागिता रहनेछ। लिग चरणमा प्रत्येक टोलीले एक–अर्काविरुद्ध दुई–दुई खेल खेलेपछि शीर्ष स्थानमा रहने टोलीलाई च्याम्पियन घोषणा गरिने एन्फाले जनाएको छ।
नेपालले पहिलो खेल भारतसँग अगस्ट २० मा खेल्नेछ। त्यस्तै भुटानसँग २२ र ३१ तारिखमा तथा बङ्गलादेशसँग २४ र २७ तारिखमा भिड्ने तालिका छ।
नेपालले यसअघि साफ स्तरका विभिन्न आयु समूहका प्रतियोगितामा राम्रो प्रदर्शन गर्दै आएको छ। यसपटक पनि नेपाली टोलीले उत्कृष्ट नतिजा दिने अपेक्षा गरिएको छ।
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।