२०८३ आश्विन १२ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

भुटानमा यही अगस्ट २० देखि ३१ तारिखसम्म हुने साफ यु–१७ महिला फुटबल च्याम्पियनसिप खेल्ने नेपाली टोलीलाई आज बिदाइ गरिएको छ ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले आइतबार एक विशेष कार्यक्रम गरी टोलीलाई बिदाइ गर्‍यो। नेपाली टोली सोमबार भुटान प्रस्थान गर्नेछ।

यस प्रतियोगितामा आयोजक भुटानसहित नेपाल, भारत र बङ्गलादेशको सहभागिता रहनेछ। लिग चरणमा प्रत्येक टोलीले एक–अर्काविरुद्ध दुई–दुई खेल खेलेपछि शीर्ष स्थानमा रहने टोलीलाई च्याम्पियन घोषणा गरिने एन्फाले जनाएको छ।

नेपालले पहिलो खेल भारतसँग अगस्ट २० मा खेल्नेछ। त्यस्तै भुटानसँग २२ र ३१ तारिखमा तथा बङ्गलादेशसँग २४ र २७ तारिखमा भिड्ने तालिका छ।

नेपालले यसअघि साफ स्तरका विभिन्न आयु समूहका प्रतियोगितामा राम्रो प्रदर्शन गर्दै आएको छ। यसपटक पनि नेपाली टोलीले उत्कृष्ट नतिजा दिने अपेक्षा गरिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय