२०८३ जेष्ठ २९ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
समस्याग्रस्त दुई सहकारीका १३२ जना ऋणीको नाम सार्वजनिक | यो कम्युनिस्ट पार्टीको होइन, रास्वपाको बजेट हो : अर्थमन्त्री वाग्ले | कोशी सभापतिमा पराजित भएपछि सरिन तामाङको घोषणा– ‘आजबाट राजनीतिक बिट मारें’ | कैँची प्रहार गरी वृद्धलाई घाइते बनाउने व्यक्ति पक्राउ | माइतीघर पुगे गृहमन्त्री गुरुङ, पीडितलाई दिए माग सम्बोधनको आश्वासन | फास्ट ट्र्याकको गाडी दुर्घटना हुँदा इञ्जिनियर र चालकको मृत्यु | हिन्दुकुश क्षेत्रमा कम वर्षाको अनुमान, विपद्को जोखिम भने कायमै | काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने आज अन्तिम दिन | प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’सँग सम्बन्धित हो : परराष्ट्रमन्त्री खनाल | सम्पत्ति विवरण बुझाउने समय एक महिना थप |

प्यालेस्टिनी लडाकु समूह हमासले इजरायलमा नियन्त्रणमा लिएर बेपत्ता बनाएका कञ्चनपुरका विपिन जोशीकी आमा पद्मा र बहिनी पुष्पाले इजरायली राष्ट्रपति आइज्याक हर्जोगसँग भेटवार्ता गरेकी छन्।

नेपालका इजरायलस्थित राजदूत धनप्रसाद पण्डितको पहलमा भएको भेटवार्तामा विपिनकी आमा पद्माले छोराको शीघ्र रिहाइका लागि राष्ट्रपति हर्जोगसँग पहल गर्न आग्रह गरिन्। बहिनी पुष्पाले पनि आफ्नो दाइ विद्यार्थीका रूपमा इजरायलमा आएको र निर्दोष भएको भन्दै हमासको बन्धकबाट मुक्त गराउन अपिल गरिन्।

भेटका क्रममा राष्ट्रपति हर्जोगले विपिनको रिहाइका लागि आवश्यक प्रयास भइरहेको जानकारी दिएका छन्। राजदूत पण्डितले विभिन्न तवरबाट पहल गर्दै जोशीको स्थितिबारे जानकारी गराउन अनुरोध गरेका थिए।

यसअघि शनिबार साँझ इजरायलमा रहेका नेपालीहरूले तेलअविभमा प्रदर्शन गरी विपिनको रिहाइको माग गरेका थिए। प्रदर्शनमा विपिनकी आमा र बहिनी प्लेकार्डसहित सहभागी भएकी थिइन्।

नेपालमा मात्रै नभई इजरायलमा रहेका नेपाली समुदायले पनि झण्डासहित र बिरोध प्रदर्शन गर्दै विपिनको सुरक्षा र रिहाइको माग गरेका छन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय