
आफूलाई झाँक्रीको रुपमा परिचय दिने प्रकाश भुजेलले प्रयोग गर्दै आएको ‘डा.’ उपाधि नक्कली भएको पुष्टि भएको छ। यसैबीच उनले सामाजिक आलोचना बढेपछि आफूलाई प्रदान गरिएको अवार्ड फिर्ता गर्ने घोषणा गरेका छन्।
भुजेलले अवार्ड ग्रहण गरेलगत्तै सामाजिक सञ्जालमा व्यापक आलोचना भएको थियो। आलोचनापछि उनले अवार्ड फिर्ता गर्ने निर्णय सार्वजनिक गर्दै, समाजसेवामा आफ्नो योगदान भने निरन्तर रहने दाबी गरे।
यसअघि उनले आफ्नो नामको अगाडि ‘डा.’ राखेपछि सामाजिक सञ्जालमा ट्रोल बनेका थिए। झाँक्री पेसासँग संलग्न व्यक्तिले चिकित्सकीय पदवी प्रयोग गरेको विषयमा धेरैले आपत्ति जनाएका थिए।
भुजेलले भने आफूलाई “इन्स्टिच्युट अफ आन्त्रप्रेनरशिप एन्ड म्यानेजमेन्ट स्टडिज” ले सम्मान गरेको कारणले डाक्टरको उपाधि प्रयोग गरेको बताएका थिए। तर, सो संस्था कुनै विश्वविद्यालय नभएको र अन्य कुनै विश्वविद्यालयसँग सम्बन्धन समेत नलिएको पुष्टि भएको छ।
शोधपछि थाहा भएको छ कि उक्त संस्थाले तालिमका नाममा यस्ता ‘सम्मान’ वितरण गर्ने मात्र होइन, बिक्री समेत गर्ने गरेको छ। यही आधारमा भुजेलले आफ्नो नाम अगाडि ‘डा.’ लेखेको खुलेको छ।
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।