२०८३ श्रावण २६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode

 नेपालमा मनसुनको प्रभाव आज पनि केही कमजोर रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतर्फ सरिरहेकाले यसको सक्रियता घटेको बताइएको हो।

तर, बंगालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रिरहेकाले देशभर सामान्यतया आकाश बदली रहने महाशाखाले अनुमान गरेको छ।

आज कोशी, बागमती, मधेश र लुम्बिनी प्रदेशका तराई तथा पहाडी भू–भागमा मध्यम वर्षा हुने सम्भावना छ। साथै देशका बाँकी पहाडी क्षेत्रका केही स्थानमा र अन्य तराई भू–भागका थोरै स्थानमा पनि वर्षा पर्न सक्ने सम्भावना छ।

लुम्बिनी प्रदेशको तराई र बागमती प्रदेशको पहाडी क्षेत्रका एक–दुई स्थानमा भने भारी वर्षा हुन सक्ने चेतावनी महाशाखाले दिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय