२०८३ जेष्ठ २८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
फास्ट ट्र्याकको गाडी दुर्घटना हुँदा इञ्जिनियर र चालकको मृत्यु | हिन्दुकुश क्षेत्रमा कम वर्षाको अनुमान, विपद्को जोखिम भने कायमै | काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने आज अन्तिम दिन | प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’सँग सम्बन्धित हो : परराष्ट्रमन्त्री खनाल | सम्पत्ति विवरण बुझाउने समय एक महिना थप | प्रधानमन्त्रीको अभिव्यक्तिको पैरवी सेनाले पनि गरिरहेको बादलको आरोप | संसदमा खुस्बु ओलीको गुनासो- ज्यान मार्नेदेखि बलात्कारसम्मको धम्की आयो | संसद्मा श्रम संस्कृति पार्टीको विरोध जारी, परराष्ट्रमन्त्री बोल्दा पनि अवरोध | मन्त्री बनेपछि सिंहदरबारमै डेरा सरे महावीर पुन, मन्त्रालयमै बस्ने तयारी | मन्त्रिपरिषद बैठकमा ‘स्थानीय उत्पादन’ अभियान, डीडीसीलाई विशेष प्राथमिकता |

राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनले ल्याएको संकटलाई मिलेर मात्रै पार गर्न सकिने बताउनुभएको छ।

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिद्वारा सोमबार काठमाडौंमा आयोजित हिन्दुकुश–हिमालय पार्लियामेन्टेरियन्स मिट २०२५ को उद्घाटन गर्दै उहाँले हिमाल, वन, नदी र कृषि योग्य भूमिको उर्वरता दुई अर्बभन्दा बढी मानिसको जीवनसँग प्रत्यक्ष जोडिएको भए पनि अहिले ती स्रोतहरू गम्भीर संकटमा परेको उल्लेख गर्नुभयो।

राष्ट्रपति पौडेलले हिमालदेखि समुद्रसम्म बसोबास गर्ने नागरिकको भविष्य एउटै नियतिसँग गाँसिएको भन्दै साझा दिगो भविष्यका लागि सबै देशहरूले सहकार्य गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले जलवायु, जैविक विविधता र वायु प्रदूषण नियन्त्रणका लागि वैज्ञानिक तथ्य र जनआवाजलाई आधार मानेर नीतिनिर्माण गर्न आवश्यक रहेको बताउनुभयो।

उहाँले जैविक विविधता संरक्षणका लागि संरक्षित क्षेत्र विस्तार, वन्यजन्तु निगरानी प्रणालीको आधुनिकीकरण, विद्युतिय सवारीसाधन प्रवर्द्धन र उद्योगहरूको उत्सर्जन नियन्त्रणजस्ता कदम प्रशंसनीय भएको उल्लेख गर्दै अझै ठोस कार्यान्वयन जरुरी रहेको धारणा व्यक्त गर्नुभयो।

विश्वव्यापी तापमान वृद्धिलाई १.५ डिग्री सेल्सियसमा सीमित गर्न पेरिस सम्झौताअनुसार सबै राष्ट्रले प्रतिबद्धता पूरा गर्नुपर्ने आवश्यकता राष्ट्रपति पौडेलले दोहोर्याउनुभयो। उहाँका अनुसार पछिल्ला वर्षहरूमा हिमनदी पग्लिने दर तीव्र भएकाले यसले बाढी, पहिरो र जलवायुजन्य विपदको जोखिम बढाएको छ।

“पहिले जलवायु र प्राकृतिक स्रोत संरक्षणलाई दीर्घकालीन चुनौतीका रूपमा हेरिन्थ्यो, तर आज ती चुनौतीहरू तत्कालै कदम चाल्न दबाब दिइरहेका छन्,” राष्ट्रपति पौडेलले भन्नुभयो, “हामी सबै संकटापन्न अवस्थामा छौं, यसलाई मिलेर मात्र पार गर्न सकिन्छ।”

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय