२०८३ आश्विन १२ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जलवायु परिवर्तनलाई कुनै भूगोल वा सीमाले नछेक्ने, सम्पूर्ण मानव सभ्यतामाथि परेको साझा सङ्कट भएको बताएकी छन्। उनले यसको समाधानका लागि सबै देशबीच सामूहिक सहकार्य अपरिहार्य भएकोमा जोड दिइन्।

राजधानीमा सुरु भएको हिन्दुकुश हिमालय क्षेत्रका सांसदहरूको सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री राणाले भनिन्, “यो मानव सभ्यताविरुद्धको साझा समस्या हो। यसले कुनै देश, भूगोल वा राजनीतिक दललाई चिन्दैन। त्यसैले यसको समाधान पनि सबैले मिलेर गर्नुपर्छ।”

उनले जलवायु सङ्कट अब भविष्यको पूर्वानुमान मात्र नभई दैनिक जीवनमा अनुभूत हुने वास्तविकता बनेको भन्दै यसलाई राष्ट्रिय एजेन्डाका रूपमा प्राथमिकतामा राख्नुपर्नेमा जोड दिइन्। “कानुन बनाउन, स्रोत–साधन परिचालन गर्न र सरकारलाई जवाफदेही बनाउन सबैको भूमिका आवश्यक छ,” उनले भनिन्।

विश्व मौसम विज्ञान संगठनको प्रतिवेदन उद्धृत गर्दै उनले पृथ्वीको तापक्रम वर्षमा १.५ डिग्री सेल्सियस बढिसकेको स्मरण गराइन्। उनले उत्सर्जन कटौती, दीर्घकालीन लागत न्यूनीकरण र दिगो विकास लक्ष्यहरू प्राप्त नगरी सुधार सम्भव नहुने चेतावनी दिइन्।

मन्त्री राणाले अन्तर्राष्ट्रिय न्यायालयको हालैको मतलाई पनि उल्लेख गर्दै उत्सर्जन घटाउने, जलवायु संरक्षण गर्ने र सिमापार हानि रोक्ने कार्य राज्यहरूको कानुनी कर्तव्य भएको स्पष्ट भएको बताइन्। भारत, पाकिस्तान र नेपालमा आएको हालको बाढीलाई उदाहरण दिँदै उनले हिन्दुकुश हिमालय क्षेत्रमा यसको असर बढी देखिएको बताइन्।

“भूकम्प, हिमनदी पग्लिने अवस्था, अनियमित वर्षा, बाढी, पहिरो र जैविक विविधताको क्षय जस्ता समस्याले नेपाल गम्भीर जोखिममा छ,” उनले भनिन्। नेपालले नगण्य कार्बन उत्सर्जन गरे पनि जलवायु अन्यायको मारमा परेको उनको भनाइ छ।

सगरमाथा संवादको पहिलो संस्करणको स्मरण गर्दै उनले त्यहाँ विश्वभरका नेता, चिन्तक र नीतिनिर्माताले २५ बुँदे रोडम्याप जारी गरेको जानकारी पनि दिइन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय