२०८३ श्रावण २५ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
कुन–कुन राजमार्गमा रोकियो यातायात ? | बालेनको कूटनीतिक शैली फेरिँदै : अब राजदूतहरूसँग ‘वान टु वान’ भेट ! | पहिरो, बाढी र कटानको चपेटामा राजमार्ग, सडक यात्रा जोखिमपूर्ण ! | ‘संघीयता र धर्मनिरपेक्षता कमजोर बनाउने प्रयास स्वीकार्य छैन’– आङ्देम्बे | दसैँ लगत्तै सुरु हुँदै एनपीएल, तिहार पनि क्रिकेटकै माहोलमा | ७ हजारमा ग्यास सिलिन्डर बेचेको आरोपमा भक्तपुरबाट एक जना पक्राउ | कसरी छिरे ५२६ रोहिंग्या नेपाल ? | ढल्केवरको ट्रमा सेन्टर सार्ने विषयमा सरकारलाई रुलिङ | सम्पत्ति शुद्धीकरण मुद्दामा ८ वर्षपछि चक्रे मिलनले पाए सफाइ | चार महिनामै सर्पले टोकेर ५६ जनाको मृत्यु : बालबालिका जोखिममा ! |

नेपालमा पहिलोपटक अत्याधुनिक ‘डिजिटल पीसीआर’ मेसिन जडान गरिएको छ । सोमबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले उक्त प्रविधि औपचारिक रूपमा सञ्चालनमा ल्याए ।

सोही अवसरमा मन्त्री पौडेलले सेवाग्राहीलाई सहज बनाउन दुईवटा ‘रिपोर्ट भेन्डिङ मेसिन’को पनि उद्घाटन गरे । अब सेवाग्राहीले लामो लाइनमा बस्नुपर्ने झन्झट बिना, प्रदान गरिएको युनिक कोड प्रयोग गरेर आफैं आफ्नो स्वास्थ्य रिपोर्ट प्रिन्ट गर्न सक्नेछन् ।

मन्त्री पौडेलले सरकारको प्राथमिकता नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा सहजै उपलब्ध गराउने, आत्मनिर्भर स्वास्थ्य संरचना विकास गर्ने र विदेशमा परीक्षण पठाउनुपर्ने बाध्यता अन्त्य गर्ने रहेको बताए । “हामी स्वास्थ्य संस्थालाई विश्वस्तरीय बनाउने दिशामा अग्रसर छौँ,” उनले भने ।

डिजिटल पीसीआर प्रविधि के हो ?

सामान्य पीसीआरभन्दा डिजिटल पीसीआर निकै परिष्कृत र संवेदनशील प्रविधि हो । यसले रगत वा अन्य नमुनामा अत्यन्त न्यून मात्रामा रहेको डीएनए समेत पहिचान गर्न सक्छ । यसका कारण रोगको निदान अझ प्रभावकारी र विश्वसनीय हुने जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. रञ्जन राज भट्टाले बताए ।

उनका अनुसार यो प्रविधिबाट क्यान्सर उपचारमा महत्त्वपूर्ण मानिने ईजीएफआर, बीसीआर–एबीएल, बीआरएएफ जस्ता म्युटेसन परीक्षण र रगतमा घुमिरहेको ट्युमरको डीएनए जाँच अब नेपालमै सस्तो र सजिलो तरिकाले गर्न सकिनेछ ।

रोग परीक्षण क्षमतामा गुणात्मक फड्को

नवीनतम प्रविधि विस्तारसँगै नेपालको रोग परीक्षण क्षमतामा गुणात्मक सुधार हुने र जनताले घरमै रहेर पनि उच्चस्तरीय स्वास्थ्य सेवामा सहज पहुँच पाउने मन्त्रालयको विश्वास छ ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय