२०८२ आश्विन २२ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
माओवादी नेता जनार्दन शर्मामाथि पत्रकार सन्तोष देउजाले लगाए वैदेशिक सम्पत्ति लुकाएको आरोप | पर्वतमा सडक अलपत्र पार्ने ठेकेदारको जमानत जफत | आयोगले प्रतिवेदन कुर्नुपर्दैन भनेपछि अब कसलाई जिम्मेवार ठहर गर्ने ? | संसद पुनःस्थापनाका लागि अदालत जाने  गृहकार्यमा एमाले  | देशभर मनसुन क्रमश कमजोर हुँदै | जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार कैदी मृत फेला | निर्वाचन आयोगसँग प्रधानमन्त्री : चुनावका लागि आवश्यक सबै स्रोत साधन उपलब्ध हुन्छ | मनसुनी वायु कमजोर, पश्चिमी वायुले गराउने छ हल्कादेखि मध्यम वर्षा | जेन-जीको एक समूहको धम्कीपछि काठमाडौंका संवेदनशील स्थानमा प्रहरी परिचालन | राप्ति प्रतिष्ठानमा बिरामीको चाप बढ्दा शैय्या अभाव |

नेपालमा पहिलोपटक अत्याधुनिक ‘डिजिटल पीसीआर’ मेसिन जडान गरिएको छ । सोमबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले उक्त प्रविधि औपचारिक रूपमा सञ्चालनमा ल्याए ।

सोही अवसरमा मन्त्री पौडेलले सेवाग्राहीलाई सहज बनाउन दुईवटा ‘रिपोर्ट भेन्डिङ मेसिन’को पनि उद्घाटन गरे । अब सेवाग्राहीले लामो लाइनमा बस्नुपर्ने झन्झट बिना, प्रदान गरिएको युनिक कोड प्रयोग गरेर आफैं आफ्नो स्वास्थ्य रिपोर्ट प्रिन्ट गर्न सक्नेछन् ।

मन्त्री पौडेलले सरकारको प्राथमिकता नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा सहजै उपलब्ध गराउने, आत्मनिर्भर स्वास्थ्य संरचना विकास गर्ने र विदेशमा परीक्षण पठाउनुपर्ने बाध्यता अन्त्य गर्ने रहेको बताए । “हामी स्वास्थ्य संस्थालाई विश्वस्तरीय बनाउने दिशामा अग्रसर छौँ,” उनले भने ।

डिजिटल पीसीआर प्रविधि के हो ?

सामान्य पीसीआरभन्दा डिजिटल पीसीआर निकै परिष्कृत र संवेदनशील प्रविधि हो । यसले रगत वा अन्य नमुनामा अत्यन्त न्यून मात्रामा रहेको डीएनए समेत पहिचान गर्न सक्छ । यसका कारण रोगको निदान अझ प्रभावकारी र विश्वसनीय हुने जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. रञ्जन राज भट्टाले बताए ।

उनका अनुसार यो प्रविधिबाट क्यान्सर उपचारमा महत्त्वपूर्ण मानिने ईजीएफआर, बीसीआर–एबीएल, बीआरएएफ जस्ता म्युटेसन परीक्षण र रगतमा घुमिरहेको ट्युमरको डीएनए जाँच अब नेपालमै सस्तो र सजिलो तरिकाले गर्न सकिनेछ ।

रोग परीक्षण क्षमतामा गुणात्मक फड्को

नवीनतम प्रविधि विस्तारसँगै नेपालको रोग परीक्षण क्षमतामा गुणात्मक सुधार हुने र जनताले घरमै रहेर पनि उच्चस्तरीय स्वास्थ्य सेवामा सहज पहुँच पाउने मन्त्रालयको विश्वास छ ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय