२०८३ जेष्ठ २९ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
समस्याग्रस्त दुई सहकारीका १३२ जना ऋणीको नाम सार्वजनिक | यो कम्युनिस्ट पार्टीको होइन, रास्वपाको बजेट हो : अर्थमन्त्री वाग्ले | कोशी सभापतिमा पराजित भएपछि सरिन तामाङको घोषणा– ‘आजबाट राजनीतिक बिट मारें’ | कैँची प्रहार गरी वृद्धलाई घाइते बनाउने व्यक्ति पक्राउ | माइतीघर पुगे गृहमन्त्री गुरुङ, पीडितलाई दिए माग सम्बोधनको आश्वासन | फास्ट ट्र्याकको गाडी दुर्घटना हुँदा इञ्जिनियर र चालकको मृत्यु | हिन्दुकुश क्षेत्रमा कम वर्षाको अनुमान, विपद्को जोखिम भने कायमै | काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने आज अन्तिम दिन | प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’सँग सम्बन्धित हो : परराष्ट्रमन्त्री खनाल | सम्पत्ति विवरण बुझाउने समय एक महिना थप |

नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङकी पूर्वपत्नी ज्योती गुरुङविरुद्ध मितेरी बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ललितपुर जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ।

जिल्ला सरकारी वकीलको कार्यालय ललितपुरले सहकारी संस्थाका बचतकर्ताको १७ करोड ७२ लाख रुपैयाँ सङ्गठित रूपमा ठगी गरेको आरोपसहित अभियोगपत्र दर्ता गरेको हो। सरकारी वकिलले ज्योतिसहित आठ जनाविरुद्ध ठगी, लिखत, अभौतिक मुद्रा, नेपाल राष्ट्र बैंक ऐन, २०५८ र संगठित अपराधसम्बन्धी मुद्दा चलाउन माग गरेको छ।

फरार प्रतिवादीमाथि पक्राउ पूर्जी माग

अभियोगपत्रअनुसार ज्योति गुरुङ, अर्जुन आरम, कुम्भराज गुरुङ, विजय कुमार राई र प्रदीप भन्ने प्रितम अधिकारी फरार रहेका छन्। उनीहरूलाई पक्राउ पूर्जी जारी गर्न माग गरिएको छ। यससँगै १४२ जना बचतकर्ताको रकम ठगी गरेको दाबी गरिएको छ।

ज्योतिसहितका प्रतिवादीलाई फरक–फरक विगो अनुसार जरिवाना र जेल सजायको माग समेत गरिएको छ। यस प्रकरणमा अन्य तीन जना भने यसअघि नै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) द्वारा पक्राउ परेका थिए।

ठूलो रकमको ठगी आरोप

ज्योतिसहितका प्रतिवादीहरूले मितेरी बचत तथा ऋण सहकारी संस्थाका बचतकर्तालाई प्रलोभन देखाएर रकम संकलन गरी ठगी गरेको अभियोगपत्रमा उल्लेख छ। सरकारी वकिल कार्यालयले कुल १७ करोड ७२ लाख ७ हजार १७४ रुपैयाँ विगो दाबी गरेको छ।

उक्त प्रकरणले सहकारी क्षेत्रप्रति नागरिकको विश्वास गम्भीर रूपमा प्रभावित भएको भन्दै पीडितहरूले छिटो न्याय दिलाउन माग गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय