२०८३ आश्विन १२ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउने सत्तापक्षको तयारीविरुद्ध विपक्षी दलले संयुक्त रूपमा प्रतिवाद गर्ने निर्णय गरेका छन्।

बुधबार नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले आह्वान गरेको बैठकले कांग्रेस र एमालेले सुरू गरेको हस्ताक्षर अभियानलाई असफल पार्न विपक्षी दलहरू केन्द्रित हुने निष्कर्ष निकालेको हो।

बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले उपसभामुखलाई हटाउने प्रयत्न लोकतान्त्रिक मूल्य–मान्यताको विरुद्ध रहेको बताए। “यो घटनाले निरंकुशता र दुराशयलाई नाङ्गो पारेको छ। यसले लोकतन्त्रको धज्जी उडाएको छ,” उनले भने।

श्रेष्ठका अनुसार यो कदम उपसभामुखको आचरणसँग सम्बन्धित नभई संवैधानिक परिषद्मा बहुमत सुनिश्चित गर्ने सत्तापक्षको योजनाको हिस्सा हो। “संवैधानिक निकायका पदाधिकारीलाई आफ्नो अनुकूल बनाउन गरिएको प्रयास हो भन्ने कुरा घामजत्तिकै छर्लङ्ग छ,” उनले जोड दिए।

बैठकले सरकारका कदमहरूले देशलाई सङ्कटतर्फ धकेलिरहेको भन्दै गम्भीर चिन्ता प्रकट गरेको छ। साथै, लोकतान्त्रिक उपलब्धिको रक्षा गर्न सबै दल र शक्तिहरूलाई एकजुट हुन आह्वान गर्ने निर्णय पनि बैठकले गरेको छ।

श्रेष्ठले भने, “दशकौँ लामो संघर्ष र बलिदानबाट आएको उपलब्धिलाई जोगाउन सबैले निहित स्वार्थभन्दा माथि उठेर यस्ता गलत अभ्यास असफल पार्नुपर्ने आवश्यकता छ।”

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय