२०८३ आश्विन ११ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

अमेरिकामा रहेकी उपसभामुख इन्दिरा रानाले नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालालाई फोन गरेर आफ्नो पदमाथि भइरहेको राजनीतिक चलखेलबारे जिज्ञासा राखेकी छन्।

इन्दिराले आफूलाई हटाउन कांग्रेस र नेकपा (एमाले)ले आफ्ना सांसदलाई खाली पानामा हस्ताक्षर गराइरहेको कुरा सुनिरहेको भन्दै शेखरलाई सोधपुछ गरेकी हुन्। “मैले उहाँलाई कल गरेर के हो भनेर सोधें। उहाँलाई मैले पनि चिन्छु, उहाँले पनि मलाई चिन्नुहुन्छ। मेरो कामबारे उहाँलाई थाहा छ,” इन्दिराले भनिन्।

उनका अनुसार शेखरले हटाउने तयारीमा आफू कुनै समर्थनमा नरहेको स्पष्ट पारेका छन्। “उहाँले भन्नुभयो, ‘यस्तै भइरहेको छ, के गर्ने? तर हटाउने कुरामा मेरो समर्थन छैन’,” इन्दिराले भनिन्।

इन्दिराले अग्रज नेताको रुपमा शेखरलाई सम्पर्क गरेको बताइन्। “सिनियरहरूलाई सोध्नुपर्‍यो नि,” उनले भनिन्।

यसअघि सोमबार साँझ प्रधानमन्त्रीसहित सत्तारुढ दलको संयन्त्र बैठकले उपसभामुखलाई पदअनुकूल आचरण नगरेको भन्दै हटाउने निर्णय लिएको थियो। त्यसपछि कांग्रेस र एमालेले सांसदबाट हस्ताक्षर संकलन सुरु गरेका छन्।

तर, कांग्रेसभित्रको शेखर समूहले हस्ताक्षर गर्न अस्वीकार गरेको छ। गत वर्ष पनि इन्दिरालाई हटाउने प्रयासमा शेखरले विरोध जनाएका थिए।

यसपटक पनि शेखर समूह खुलेर आफ्नो पक्षमा उभिएपछि उपसभामुख इन्दिरा ढुक्क भएकी छन्। शेखर पक्षको असहमतिको कारण बिना उनको समर्थन कांग्रेस र एमालेलाई उपसभामुख हटाउन आवश्यक बहुमत नपुग्ने देखिन्छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय