२०८३ जेष्ठ २९ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
समस्याग्रस्त दुई सहकारीका १३२ जना ऋणीको नाम सार्वजनिक | यो कम्युनिस्ट पार्टीको होइन, रास्वपाको बजेट हो : अर्थमन्त्री वाग्ले | कोशी सभापतिमा पराजित भएपछि सरिन तामाङको घोषणा– ‘आजबाट राजनीतिक बिट मारें’ | कैँची प्रहार गरी वृद्धलाई घाइते बनाउने व्यक्ति पक्राउ | माइतीघर पुगे गृहमन्त्री गुरुङ, पीडितलाई दिए माग सम्बोधनको आश्वासन | फास्ट ट्र्याकको गाडी दुर्घटना हुँदा इञ्जिनियर र चालकको मृत्यु | हिन्दुकुश क्षेत्रमा कम वर्षाको अनुमान, विपद्को जोखिम भने कायमै | काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने आज अन्तिम दिन | प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’सँग सम्बन्धित हो : परराष्ट्रमन्त्री खनाल | सम्पत्ति विवरण बुझाउने समय एक महिना थप |

भारत र चीनबीच लिपुलेक हुँदै सीमा व्यापार पुनः सञ्चालन गर्ने सहमतिपछि नेपालले गम्भीर आपत्ति जनाएको छ। नेपालको कूटनीतिक विरोधपछि भारतले नेपालका दाबीलाई अस्वीकार गर्दै वार्ताको प्रस्ताव अघि सारेको छ।

हालै भारत भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यी र भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालबीचको भेटमा लिपुलेक पासलाई व्यापारिक नाकाका रूपमा पुनः सञ्चालन गर्ने समझदारी भएको हो। यस कदमलाई नेपालले आफ्नो सार्वभौमिकतामाथि प्रहार भएको भन्दै आपत्ति जनाएको हो।

भारतको अडान
नेपाली पक्षको विरोधपछि भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले प्रतिक्रिया दिँदै भारत–चीनबीचको व्यापार ऐतिहासिक पृष्ठभूमिमा आधारित रहेको दाबी गरे।
उनले भने, “लिपुलेक हुँदै व्यापार सन् १९५४ बाट सुरू भएको हो। कोभिड–१९ र अन्य कारणले केही समय रोकिएको भए पनि अहिले पुनः सुचारु गर्न दुवै पक्ष सहमत भएका हुन्।”

नेपालको भूभागसम्बन्धी दाबीलाई उनले “न औचित्यपूर्ण, न ऐतिहासिक प्रमाणमा आधारित” भन्दै अस्वीकार गरे। तर भारत नेपालसँग वार्ताका लागि खुला रहेको उनको भनाइ थियो।

नेपालको आपत्ति
यसअघि परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालको अभिन्न भूभाग भएको दोहोर्‍याएको थियो।
नेपालले संविधानमै नयाँ राजनीतिक–प्रशासनिक नक्सा समावेश गरिसकेको अवस्थामा भारत–चीनबीचको यो सहमतिले नेपालको भौगोलिक अखण्डतामाथि प्रहार गरेको ठहर सरकारको छ।

मन्त्रालयले भारतलाई सो क्षेत्रमा कुनै पनि एकतर्फी गतिविधि नगर्न आग्रह गर्दै चीनलाई समेत नेपालले आफ्नो दाबीबारे प्रस्ट गराइसकेको जनाएको छ।

चीनको भूमिका र विवादको पृष्ठभूमि
लिपुलेक नेपाल, भारत र चीनको त्रिदेशीय बिन्दुमा पर्छ। भारत र चीनले यसलाई द्विपक्षीय मामिला मान्दै यस्ता सहमति बारम्बार गर्दै आएका छन्। अघिल्ला पटक पनि नेपालले कूटनीतिक नोटमार्फत आपत्ति जनाइसकेको थियो।

सुगौली सन्धि र ऐतिहासिक प्रमाणअनुसार महाकाली नदीको मुहान लिम्पियाधुरा भएको र त्यसपूर्वका सबै भूभाग नेपालकै भएको दाबी नेपालले गर्दै आएको छ। तर भारतले नदीको मुहानलाई दक्षिणतिरको खोला मानेर सो क्षेत्रमाथि नियन्त्रण कायम राखेको छ।

भारतले लिपुलेक हुँदै मानसरोवरतर्फ जाने सडक निर्माण गरेपछि विवाद तीव्र बनेको थियो। त्यसको जवाफस्वरूप नेपालले चुच्चे नक्सा जारी गरेको थियो।

पछिल्लो सहमति
भारत र चीनले व्यापारिक मार्ग खोल्ने सहमति गरेसँगै विवाद फेरि चर्किएको छ। नेपाल आफ्नो दाबीमा अडिग रहेको छ भने भारतले अस्वीकार गर्दै चीनसँग व्यापार अघि बढाउने तयारी देखाएको छ। यसले सीमा विवादलाई झन् जटिल बनाएको विश्लेषण गरिँदैछ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय