२०८३ आश्विन १२ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

नेपाली राष्ट्रिय क्रिकेट टोलीका बलर ललित राजवंशीले जनता आवास कार्यक्रम अन्तर्गत आफूलाई बनाइदिन लागिएको घर नलिने घोषणा गरेका छन्। उनले आफू घर बनाउन सक्षम रहेको बताउँदै सरकारलाई उक्त घर वास्तविक विपन्न समुदायलाई उपलब्ध गराउन आग्रह गरेका हुन्।

विराटनगरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै राजवंशीले भने, “म यसैपालि घर बनाउने योजनामा थिएँ, तर आमाको निधनका कारण सकिएन। अहिले मेरो परिवार राख्ने घर बनाउन म सक्षम छु। त्यसैले घर जसका लागि आवश्यक छ, उसैलाई दिनुपर्छ।”

उनले सरकारले सहानुभूति स्वरूप केही सहयोग गर्न चाहे स्वीकार गर्ने बताए तर विपन्न वर्गका लागि छुट्याइएको बजेट आफूमाथि खर्च नगर्न आग्रह गरे। राजवंशीको परिवार विराटनगरमा बस्दै आएको छ भने उनीहरूको नाममा महानगरपालिका भित्र एक विगाह जग्गा रहेको छ।

प्रदेशसभा सदस्य अमृत अर्यालले केही दिनअघि राजवंशीकी आमा शुभकुमारी राजवंशीको निधनपछि श्रद्धाञ्जली दिन जाँदा, जनता आवास कार्यक्रम अन्तर्गत उनलाई घर बनाइदिने घोषणा गरेका थिए। उक्त घोषणाले अर्यालले तत्कालीन समयमा प्रशंसा पनि पाएका थिए। तर, राजवंशीले उक्त प्रस्तावलाई सम्मानजनक तरिकाले अस्वीकार गर्दै घर वास्तविक लाभग्राहीलाई दिनुपर्नेमा जोड दिएका छन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय