२०८२ मंसिर २६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
रवि लामिछानेमाथि सरकारको धारणा खोज्दै रास्वपा | पाल्पामा जीप दुर्घटना : ३ जनाको मृत्यु ९ घाइते | सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै आज चार नयाँ अनुहार मन्त्री बन्दै | एमालेको महाधिवेशनलाई ध्यानमा राख्दै नागढुङ्गा मलेखु सडक दुई दिन खुला | धुर्मुसको स्पष्टीकरण : ‘भागेका होइनौँ, छोरीको उपचारका लागि अमेरिका आएका हौँ’ | रास्वपाले समानुपातिक नाम दर्ताको म्याद पुस ५ सम्म बढायो | जेन–जी आन्दोलनमा ८४ अर्ब क्षति, पुनर्निर्माणका लागि ३६ अर्ब बजेट आवश्यक | अर्थ मन्त्रालयको बदमासी कि प्राविधिक समस्या? मधेशको बजेट ‘फ्रीज’को वास्तविकता के हो? | जेनजी–सरकार सम्झौतामा दलहरूको शङ्का : वैधानिकता र कार्यान्वयनमै प्रश्न | विराटनगरलाई ४० रनले हराउँदै लुम्बिनी फाइनलमा |

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको पक्षमा ३४ लाखले हस्ताक्षर गरेका छन् भने ६५ लाख रुपैयाँ सहयोग संकलन भएको छ।

पार्टी प्रवक्ता मनिष झाका अनुसार , “सभापति लामिछानेमाथि गरिएको राजनीतिक प्रतिशोध विरुद्ध हस्ताक्षर संकलन अभियान जारी छ। आजसम्म देशभरबाट ३४ लाख हस्ताक्षर र ६५ लाख सहयोग संकलन भएको छ।”

हस्ताक्षर संकलन अभियान पश्चिमदेखि पूर्वी नेपालसम्मको देश यात्रा गर्दै जारी रहेको बताइएको छ। विशेषत, अभियान सुदूरपश्चिमको कञ्चनपुरबाट पनि सुरु भइसकेको छ। अभियानको नेतृत्व पार्टी सचिवालय सदस्य दीपक बोहरा गर्दै छन्।

रास्वपाले सभापति लामिछानेविरुद्ध राजनीतिक प्रतिशोध राखेको भन्दै असार ७ गतेदेखि यो अभियान सुरु भएको हो। अभियानमार्फत पार्टीले नागरिकहरूको समर्थन संकलन गर्दै लामिछानेको पक्षलाई बलियो बनाउने योजना रहेको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय