२०८३ आश्विन ११ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको पक्षमा ३४ लाखले हस्ताक्षर गरेका छन् भने ६५ लाख रुपैयाँ सहयोग संकलन भएको छ।

पार्टी प्रवक्ता मनिष झाका अनुसार , “सभापति लामिछानेमाथि गरिएको राजनीतिक प्रतिशोध विरुद्ध हस्ताक्षर संकलन अभियान जारी छ। आजसम्म देशभरबाट ३४ लाख हस्ताक्षर र ६५ लाख सहयोग संकलन भएको छ।”

हस्ताक्षर संकलन अभियान पश्चिमदेखि पूर्वी नेपालसम्मको देश यात्रा गर्दै जारी रहेको बताइएको छ। विशेषत, अभियान सुदूरपश्चिमको कञ्चनपुरबाट पनि सुरु भइसकेको छ। अभियानको नेतृत्व पार्टी सचिवालय सदस्य दीपक बोहरा गर्दै छन्।

रास्वपाले सभापति लामिछानेविरुद्ध राजनीतिक प्रतिशोध राखेको भन्दै असार ७ गतेदेखि यो अभियान सुरु भएको हो। अभियानमार्फत पार्टीले नागरिकहरूको समर्थन संकलन गर्दै लामिछानेको पक्षलाई बलियो बनाउने योजना रहेको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय