२०८३ श्रावण २४ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
बालेनको कूटनीतिक शैली फेरिँदै : अब राजदूतहरूसँग ‘वान टु वान’ भेट ! | पहिरो, बाढी र कटानको चपेटामा राजमार्ग, सडक यात्रा जोखिमपूर्ण ! | ‘संघीयता र धर्मनिरपेक्षता कमजोर बनाउने प्रयास स्वीकार्य छैन’– आङ्देम्बे | दसैँ लगत्तै सुरु हुँदै एनपीएल, तिहार पनि क्रिकेटकै माहोलमा | ७ हजारमा ग्यास सिलिन्डर बेचेको आरोपमा भक्तपुरबाट एक जना पक्राउ | कसरी छिरे ५२६ रोहिंग्या नेपाल ? | ढल्केवरको ट्रमा सेन्टर सार्ने विषयमा सरकारलाई रुलिङ | सम्पत्ति शुद्धीकरण मुद्दामा ८ वर्षपछि चक्रे मिलनले पाए सफाइ | चार महिनामै सर्पले टोकेर ५६ जनाको मृत्यु : बालबालिका जोखिममा ! | देशका विभिन्न सडक पहिरोले अवरुद्ध |

नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ राष्ट्रिय सभाबाट सर्वसम्मत पारित भएको छ। शुक्रबार बसेको राष्ट्रिय सभाको बैठकले प्रतिनिधि सभाबाट सन्देशसहित आएको विधेयक पारित गर्दै ऐतिहासिक निर्णय गरेको हो।

बैठकमा राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले गृहमन्त्री रमेश लेखकद्वारा प्रस्तुत विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित विधेयक अनुमोदन भएको घोषणा गरे।

जसअघि सांसदहरूले उठाएका जिज्ञासामा जवाफ दिँदै गृहमन्त्री लेखकले विधेयकलाई सरकारले प्रारम्भिक रूपमा प्रस्तुत गरेको भन्दा अझ उन्नत, व्यवहारिक र पारदर्शी बनाएर अघि बढाइएको बताए। उनका अनुसार, विधेयक पारित गरेर संसदले ऐतिहासिक प्रस्थान गरेको छ।

लेखकले विशेषगरी “आमालाई पनि वंशको आधार मान्ने” व्यवस्था यस विधेयकमार्फत व्यवहारिक रूपमा स्थापना भएको उल्लेख गर्दै नागरिकताको क्षेत्रमा नयाँ अध्याय सुरु भएको दाबी गरे।

यससँगै विधेयक कार्यान्वयन भएपछि नेपाली नागरिकता प्राप्तिको प्रक्रियामा देखिएका धेरैजसो समस्या समाधान हुने अपेक्षा गरिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय